Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रचण्डले भने- टीआरसी टुंग्याएलगत्तै ओलीले कुलमान हटाउने निर्णय गरेपछि फेरि मलाई स्वर्ग र नर्क सम्झायो


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर जवाफ नदिएसम्म बैठक चल्न नदिने बताएका छन् ।

 

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले सदनमा आएर चित्तबुझ्दो जवाफ दिएमात्रै सदन खुल्ने बताए ।

प्रचण्डले भने, ‘हामीले प्रधानमन्त्रीले संसदको रोष्ट्रममा आएर जवाफ नदिएसम्म हाउस चल्न सक्दैन भनेका छौं । प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ । उहाँले स्पष्टीकरण दिनुपर्ने हुन्छ । स्पष्टीकरण चित्तबुझ्दो भए तुरुन्तै हाउस चल्छ । स्पष्टीकरण पनि जालझेलको भयो भने आन्दोलन अगाडि बढ्छ ।’

 

उनले प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको बाँकी कामको विषयमा छलफल गर्न बोलाएको र त्यो बैठकमा कुलमानबारे कुनै चर्चा नभएको प्रस्ट पारे ।

प्रचण्डले थपे, ‘म निस्कनेबित्तिकै मन्त्रिपरिषद्को बैठक बसेर निर्णय गरियो । मलाई फेरि एक पटक निकै ठूलो जालझेल भएको महसुस भयो । म सिंहदबारमा गएर टीआरसीबारे टुंग्याएलगत्तै कुलमानबारे निर्णय गर्नुपर्ने बाध्यता त थिएन, त्यसले फेरि मलाई स्वर्ग र नर्क सम्झायो ।’

उनले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले टीआरसीसँग प्रचण्डले कुलमान साट्यो भनेर गरेको प्रचारको आपत्ति जनाए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रचण्डले भने- टीआरसी टुंग्याएलगत्तै ओलीले कुलमान हटाउने निर्णय गरेपछि फेरि मलाई स्वर्ग र नर्क सम्झायो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545