“२१ वर्षसम्म थुनेर राखिएकी फिलपिनो सहितको उद्धार गरेका छौ”: दिपेन्द्र उप्रेती (मानव अधिकारकर्मी)

मानव अधिकारकर्मी दिपेन्द्र उप्रेतीले आफनो अगुवाईमा २१ वर्षसम्म लेबनानमा थुनेर राखिएकी फिलपिनो महिलासहित, नेपाली र अन्य विभिन्न देशका आप्रवासी कामदारहरुको उद्धार गरेको खुलासा गर्नुभएको छ । मानव अधिकारकर्मी उप्रेती एनटिभि न्यूजमा प्रसारित कार्यक्रम सचेतनामा सरोज ओझाले उहाँसँग गर्नुभएको संवादका क्रममा सो कुरा बताउनुभएको हो । सचेतना श्रृंखलामा उहाँको परिचयात्मक भिडियोसहित अन्तर्वाता प्रस्तुत गरिएको छ । अन्तर्वाता दिने क्रममा उहाँले आप्रवासी श्रमिक अधिकार र उद्धार अभियानबारे विस्तृत चर्चा गर्नुभएको छ। बाल्यकालदेखी नै उतारचढाव भोग्दै कलिलो उमेरमा कमाउन भनेर विदेशिनुभएका उप्रेती मानवीय कार्यमा कसरी लाग्नुभयो ? उहाँले कस्ता अभियानहरु चलाउनुभयो ? विदेशी भूमि त्यसमाथि मध्यपूर्वमा रहेर दूतावास र कूटनीतिक च्यानलबाट असम्भव भएका उद्धारका जटिल केसहरु कसरी उहाँले हल गर्नुभयो ? उहाँमथि कस्ता कस्ता चुनौती हरु देखा परे ? र पछि उहाँले किन क्यानडा प्रस्थान गर्नुपर्यो ? क्यानडामा रहेर उहाँले कसरी आफ्नो मिसनलाई अगाडि बढाउनु भयो ? भन्ने लगायतका रोचक र प्रेरणादायी जीवन संघर्षका कुरा एवम् आप्रवासन अधिकारको सवालमाथि केन्द्रित रहेर उहाँसँग कुराकानी गरिएको छ ।
दिपेन्द्र उप्रेतीको संक्षिप्त परिचय
सन् १९८० मा झापाको गौरादहमा जन्मिनु भएका दिपेन्द्र उप्रेती आप्रवासी श्रमिकहरूको हक, हित र सुरक्षाका लागि संघर्षरत एक अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी हुनुहुन्छ। १८ वर्षको कलिलो उमेरमा वैदेशिक रोजगारीका लागि लेबनान जानुभएपछि उहाँले कठोर आप्रवासन नीतिका कारण अनेकौं कठिनाइ भोग्नुभयो। त्यहाँ रहँदा नेपाली तथा अन्य देशका आप्रवासी श्रमिकहरूले जबरजस्ती श्रम, मानव बेचबिखन र अन्य अमानवीय समस्याहरूको सामना गरिरहेको देख्दा उहाँको मनले उक्त शोषणलाई टुलुटुल हरेर बस्न मानेर र उहाँ स्वतस्फुर्त रुपमा मानवीय कार्यमा सक्रिय हुनु पुग्नुभयो।
सन् २००४ मा इराकमा १२ जना नेपाली कामदारको हत्या भएपछि एक आपराधिक समूहले बन्धक बनाएका अन्य २४ जना नेपाली श्रमिकहरूको उद्धारमा उहाँले महत्वपूर्ण समन्वयकारी भूमिका खेल्नुभयो। उहाँको नेतृत्व र प्रयासले ती श्रमिकहरूलाई सुरक्षितरूपमा स्वदेश फर्काउन मद्दत पुग्यो। त्यसपछि, उहाँले अवैतनिक महावाणिज्य दूतावास बेरुतको प्रतिनिधिको रूपमा काम गर्दै नेपाली श्रमिकहरूको उद्धार, कानुनी सहायता, घर फिर्ती तथा पुनर्वास प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नुभयो। कूटनीतिक माध्यमबाट श्रमिक उद्धार र उनीहरूको हित संरक्षणमा दिपेन्द्रले महत्वपूर्ण योगदान दिनुभयो।
लेबनानमा रहेर आप्रवासी श्रमिकहरूको पक्षमा सक्रिय रहँदा उहाँमाथि विभिन्न दबाबहरू सिर्जना हुन थाले। जटिल परिस्थितिका कारण उहाँले श्रीमती प्रिया सुवेदीसँगै क्यानडा प्रस्थान गर्नुभयो। क्यानडामा रहेर पनि सामाजिक कार्यलाई निरन्तरता दिँदै, उहाँले ‘दिस इज लेबनान’ नामक संस्था स्थापना गर्नुभयो। यो संस्थामार्फत उहाँले लेबनानमा रहेका आप्रवासी श्रमिकहरूको उद्धार, स्वदेश फिर्ती तथा क्षतिपूर्ति दिलाउने कार्यमा विशेष भूमिका खेल्नुभयो। नेपालसहित फिलिपिन्स, इथियोपिया, नाइजेरिया, बङ्गलादेश, श्रीलंका, घाना, उगाण्डा जस्ता देशका घरेलु महिला श्रमिकहरूको उद्धारमा उहाँको अहम् योगदान रह्यो। यस क्रममा उहाँले कयौं वर्षसम्म परिवारसँग सम्पर्क विच्छेद भएका विभिन्न देशका नागरिकहरुको उद्धार गर्नुभएको छ । जसमा २१ वर्षसम्म बन्धक रहेकी एक फिलिपिनी महिलाको उद्धार कार्य समेत रहेको छ ।
‘दिस इज लेबनान’ ले घरेलु कामदारहरूको दयनीय अवस्थालाई विश्वव्यापी रूपमा उजागर गर्दै आउको छ । कफाला प्रणालीअन्तर्गत बन्धक बनेका श्रमिकहरूको उद्धार तथा कानुनी लडाइँमा यो अभियान प्रभावकारी सावित बन्दै आएको पनि छ। हालसम्म उहाँको नेतृत्वमा १,००० भन्दा बढी आप्रवासी श्रमिकहरूको समस्या समाधान भइसकेको छ। उहाँको अभियानले विश्वभरका मानवअधिकारकर्मी, सरोकारवाला संस्था तथा संचारमाध्यमहरूको ध्यान खिच्न सफल भएको छ।
मानवअधिकार क्षेत्रमा उहाँले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले उहाँलाई सम्मानित गरेका छन्। आप्रवासी श्रमिकहरूको जीवनरक्षा र अधिकार प्रवर्द्धनका लागि उहाँको सक्रियता र समर्पणले उहाँलाई एक सशक्त मानवअधिकार योद्धाका रूपमा स्थापित गराएको छ। दिपेन्द्र उप्रेती हाल पनि आप्रवासी श्रमिकहरूको हकहितका लागि निरन्तर संघर्षरत हुनुहुन्छ।
(कार्यक्रम हेर्नको लागि तलको लिंकमा क्लिक गर्नसक्नुहुनेछ)
https://youtu.be/l_glv-2wORwhttps://youtu.be/l_glv-2wORw
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्