विद्युत प्राधिकरण चितवनको डिजिटल बाेर्डमा प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्द– सीडीओले सोधे स्पष्टीकरण

चितवन । नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा हिजो मध्यान्न करिब एक घन्टाभन्दा लामो समय अप्रत्याशित शब्दहरु देखापरे । त्यसमा लेखिएको थियो– केपी चोर देश छोड ।
देशका प्रधानमन्त्रीविरुद्ध लेखिएका आपत्तिजनक नारा सरकारी निकायकै डिजिटल बोर्डमा कसरी डिस्प्ले भयो ? अहिले सामाजिक सञ्जालमा यसले खैलाबैला मच्चिएको छ । कार्यालय समयभित्रै यस्तो हुन गएको कारणबारे विद्युत प्राधिकरण भरतपुरले कुनै पनि औपचारिक सूचना बाहिर ल्याएको छैन ।
यो विषयमा विरोध जनाउन आज बिहान करिब १० बजे एमालेका युवाहरु विद्युत कार्यालयमा ध्यानाकर्षण पत्र लिएर गएका थिए । त्यस क्रममा नेकपा एमाले निकट युवा संघ तथा अनेरास्ववियु चितवनका कार्यकर्ताहरु कार्यालय प्रमुख रामु श्रेष्ठविरुद्ध खनिएको र हातपातसमेत गरेको आरोप लागेको छ ।
श्रेष्ठले आफूलाई युवा संघका कार्यकर्ताले आफूलाई हातपात गरेको बताए । आफूले कुटाइ खाएको र कार्यालयसमेत तोडफोड गरिएको उनको भनाइ छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले पनि युवा संघका विद्यार्थीहरुले कुटेको जानकारी आएको बताएका छन् । उनले कार्यालय प्रमुख श्रेष्ठलाई बाहिरी चोट भने नभएको उनले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार प्राधिकरण भरतपुर वितरण केन्द्रले डिजिटल बोर्डका विषयमा कुनै आधिकारिक धारणा दिएको छैन ।
‘हामीले स्पष्टीकरण सोधेर पठाएका छौँ, प्राधिकरणले जवाफ पठाइसकेको छैन,’ उनले नेपाल प्रेससँग भने । युवा संघ केन्द्रीय सचिवालय सदस्य तथा चितवन जिल्ला इन्चार्ज शंकर अधिकारीका अनुसार कार्यालय प्रमुख श्रेष्ठले ज्ञापन पत्र समेत लिने वातावरण नबनाएपछि विवाद भएको बताए । युवाहरुले सम्झाउन खोज्दा कार्यालय प्रमुख श्रेष्ठ भागेर शौचालयतर्फ जान लाग्दा लडेको उनको दावी छ ।
‘प्रमुखलाई ज्ञापन पत्र बुझाउन नपाएपछि कार्यकक्षमा ताला लगाएर बाहिर टाँसेर फर्किएका हौं,’ उनले भने ।युवा संघले प्रधानमन्त्रीविरुद्ध लेखिएको डिस्प्लेबारे स्पष्टीकरण सोध्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो ।
नेकपा एमाले चितवनका सचिव प्रकाश ढुंगानाले देशको प्रधानमन्त्री विरुद्ध डिस्प्ले बोर्डमा गलत सन्देश जाँदा समेत वेवास्ता गर्नु विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको गम्भीर लापरबाही भएको बताए । यसबारे एमालेका युवा तथा विद्यार्थीहरुले ज्ञापन पत्र बुझाउन गएको अवस्थामा वेवास्ता गरी विवाद हुने अवस्था प्राधिकरण प्रमुखले नै निम्त्याएको उनको आरोप छ ।
कसले हाल्छ बोर्डमा कन्टेन्ट ?
विद्युत प्राधिकरण भरतपुरको डिजिटल बोर्डमा विद्युत प्राधिकरण भरतपुरले नै कन्टेन्ट हाल्ने गरेका छन् । कार्यालय प्रमुख श्रेष्ठसँग नै बोर्डको कन्टेन्ट हाल्ने पासवर्ड हुन्छ ।
तर, हिजो दिउँसो कार्यालय समयमा नै गएको कन्टेन्ट आफूले नहालेको प्रमुख श्रेष्ठले बताएका छन् ।
उनले आफू बाहेक कार्यालयका एक जना इन्जिनियरसँग पनि डिजिटल बोर्डको पासवर्ड रहेको नेपाल प्रेसलाई बताए । कार्यालय समयमा प्रधानमन्त्री लक्षित कन्टेन्ट पासवर्ड ह्याक गरेर हालिएको दाबी उनले गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विद्युत प्राधिकरण चितवनको डिजिटल बाेर्डमा प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्द– सीडीओले सोधे स्पष्टीकरण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्