Techie IT
सोमबार, वैशाख ८,२०८२

त्रिविका ६२ मध्ये ४३ आंगिक क्याम्पसको स्ववियु निर्वाचन नतिजा सार्वजनिक, कसले कति जिते ?


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा भएको स्ववियु निर्वाचनको आधिकारिक तथ्यांक विश्वविद्यालयसँग छैन । विद्यार्थी संगठनहरुले आ आफ्नै दावी प्रस्तुत गरिरहँदा ६२ वटा आंगिक क्याम्पसमध्ये ४३ वटा क्याम्पसको आधिकारिक नतिजा भने सार्वजनिक भइसकेको छ ।

उपत्यकाका २२ र बाहिरका ३९ क्याम्पसमध्ये ४३ वटा क्याम्पसमा निर्वाचन सम्पन्न भएर नतिजा आइसकेको छ । उपत्यकाको रत्नराज्यलक्ष्मी,त्रिचन्द्र र नेपाल ल क्याम्पसमा निर्वाचनको मिति तोकिएको छ ।

प्रमुख दुई विद्यार्थी संगठन नेविसंघ र अनेरास्ववियुले संयुक्त विज्ञप्तिमार्फत निर्वाचन हुन बाँकी क्याम्पसमा एकै मितिमा निर्वाचन गर्न आग्रह गरेका छन् । अब त्रिविका १९ वटा आंगिक क्याम्पसमा निर्वाचन हुन बाँकी छ । तीमध्ये काठमाडौं उपत्यकामा मात्र ९ वटा छन् ।

आंगिक क्याम्पसहरुबाहेक त्रिविसँग अरुको विवरण छैन । देशकै ठूलो र धेरै विद्यार्थी रहेको पृथ्वीनारायण क्याम्पस पोखराको मतगणना सोमवार मध्यरातमा सकिएसँगै ४३ क्याम्पसको परिणाम आएको हो ।

पछिल्लो परिणाम अनुसार नेविसंघले १५ वटा क्याम्पसमा सभापति जितेर पहिलो स्थानमा छ भने अनेरास्ववियुले १४ वटा क्याम्पसमा सभापति जितेको छ । त्यस्तै अखिल क्रान्तिकारीले ८ क्याम्पसमा सभापति जितेकोमा चितवन इन्जिनियरिङका स्वतन्त्र सभापतिको प्रवेशपछि ९ पुगेको छ ।

पद्मकन्यामा नेविसंघका बागी प्यानलले स्वन्त्रबाट जितेसहित अब स्वतन्त्र समूहका सभापतिको संख्या ४ कायम भएको छ भने जसपानिकट समाजवादी विद्यार्थी युनियनले एक आंगिक क्याम्पसको सभापति जितेर शाख जोगाएको छ ।

यस्तो छ, त्रिविका आंगिक क्याम्पसको परिणाम

काठमाडौं उपत्यका (२२)

नेविसंघ (५)

१ थापाथली इन्जिनियरिङ,प्रल्हाद खड्का

२ आयुर्वेदिक क्याम्पस किर्तिपुर,निशान अर्याल

३ महाराजगन्ज नर्सिङ क्याम्पस,बिन्दु पोख्रेल

४ चिकित्सा क्याम्पस महाराजगन्ज,विवेककुमार यादव

५ भक्तपुर वहुमुखी क्याम्पस भक्तपुर, पुकार पराजुली

 

अनेरास्ववियु (४)

१ ललितकला क्याम्पस भोटाहिटी, आशिष पौडेल

२ महेन्द्ररत्न क्याम्पस ताहाचल,इश्वर थापा

३ नेपाल कमर्स क्याम्पस मिनभवन, बिशाल रोकाहा

४ अमृत साइन्स क्याम्पस लैनचौर,रुद्रहरी पोखरेल

अखिल क्रान्तिकारी (२)

१ जनप्रशासन क्याम्पस बल्खु,अनिकेत तिवारी

२ सानोठिमी क्याम्पस भक्तपुर, नरेन्द्रसिंह ठगुन्ना

स्वतन्त्र

१ पुल्चोक इन्जिनियरिङ क्याम्पस,स्वयं श्रेष्ठ

२ पद्मकन्या क्याम्पस बागबजार,नेविसंघ बागी

 

स्थगित भएका

 

१. त्रिभुवन विश्वविद्यालय क्याम्पस किर्तिपुर

२ नेपाल ल क्याम्पस, प्रदर्शनीमार्ग (स्थगित)

३ शंकरदेव क्याम्पस, पुतलीसडक (स्थगित)

४. त्रिचन्द्र बहुमुखी क्याम्पस, घण्टाघर (मिति तोकिएको)

५. विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग (स्थगित)

६. पाटन संयुक्त क्याम्पस, पाटनढोका (स्थगित)

७. रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग (मिति तोकिएको)

८. सरस्वती बहुमुखी क्याम्पस, लैनचौर (स्थगित)

९ पव्लिक युथ क्याम्पस, धोविचौर (स्थगित)

 

उपत्यकाबाहिर

कोशी (१२)

नेविसंघ (४)

१मेची बहुमुखी क्याम्पस, चन्द्रगढी झापा ,निलम कार्की)

२महेन्द्र बहुमुखी क्याम्पस, धरान प्रसान राई

३पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरान

४गौरादह कृषि क्याम्पस, झापा शोर्निम अधिकारी)

 

अखिल क्रान्तिकारी (४)

१महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पस, मोरङ रोहित यादव

२नर्सिङ क्याम्पस, विराटनगर, मोरङ रोहित जापरिया

३भोजपुर बहुमुखी क्याम्पस, भोजपुर सविन तामाङ

४स्नातकोत्तर क्याम्पस, विराटनगर, प्रितम शाह)

 

अनेरास्ववियु (२)

 

१महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम बिशाल कार्की)

२धनकुटा बहुमुखी क्याम्पस, धनकुटा युवा तिमल्सिना

 

स्वतन्त्र

१ केन्द्रीय खाद्य प्रविधि क्याम्पस, धरान पेशलराज कार्की)

 

स्थगित

१ तेह्रथुम क्याम्पस, चुहानडाडा आठराई (स्थगित)

मधेश (५)

१ महेन्द्र विन्देश्वरी क्याम्पस, राजविराज (समाजवादी विद्यार्थी युनियन रञ्जित यादव)

२ सुर्यनारायण सत्यनारायण मोरवैता क्याम्पस, सिराहा (नेविसंघ)

३. रारा बहुमुखी क्याम्पस, जनकपुर (स्थगित)

४ ठाकुरराम बहुमुखी क्याम्पस, विरगन्ज (मतगणना स्थगित)

५ नर्सिङ क्याम्पस विरगन्ज,अनेरास्ववियु आर्जु राय

वागमती (४)

१.वन विज्ञान अध्ययन संस्थान, हेटौंडा – नेविसंघ श्यामराज भट्ट)

२ चितवन इन्जिनियरिङ क्याम्पस, चितवन (स्वतन्त्र प्रज्जवल अधिकारी क्रान्तिकारीमा प्रवेश)

३ रामपुर कृषि क्याम्पस खैरहनी, चितवन (स्थगित)

४. वीरेन्द्र वहुमुखी क्याम्पस, भरतपुर (स्थगित)

गण्डकी (७)

अनेरास्ववियु (४)

१ नर्सिङ क्याम्पस पोखरा,प्रतिभा भण्डारी

२ वन विज्ञान क्याम्पस पोखरा,अविशेक शर्मा

३ धवलागिरी बहुमुखी क्याम्पस, बागलुङ आस्मिन शेख

४ पृथ्वीनारायण क्याम्पस पोखरा,विष्णु पोखरेल

अखिल क्रान्तिकारी (१)

१ गोरखा क्याम्पस, गोरखा,सुलभ अमगाई

नेविसंघ (१)

१ कृषि क्याम्पस, लमजुङ,असिम वस्ती)

स्वतन्त्र (विप्लव समर्थित)

१ पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा प्रकाश धामी)

लुम्बिनी (७)

अनेरास्ववियु

१ नर्सिङ क्याम्पस, नेपालगन्ज, बाँके देवर्चना अधिकारी

२ महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज बाँके केशरजंग शाह

नेविसंघ

१ महेन्द्र वहुमुखी क्याम्पस दाङ,दिपेश डिसी

अखिल क्रान्तिकारी

१ त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा मिलन घर्तिमगर

स्थगित

१. बुटवल बहुमुखी क्याम्पस, बुटवल (स्थगित)

२. भैरहवा बहुमुखी क्याम्पस, भैरहवा (स्थगित)

३. पक्लिहवा कृषि क्याम्पस, रुपन्देही (स्थगित)

कर्णाली (२)

१ जुम्ला बहुमुखी क्याम्पस, जुम्ला (अनेरास्ववियु लोकेन्द्र बुढा)

२. सुर्खेत बहुमुखी क्याम्पस, सुर्खेत (स्थगित)

सुदूरपश्चिम (३)

१. डडेल्धुरा शिक्षा क्याम्पस, डडेलधुरा (नेविसंघ)

२. सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगर कञ्चनपुर (स्थगित)

३. डोटी बहुमुखी क्याम्पस, डोटी (नेविसंघ इन्द्र राणा)


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कसले कति जिते ?, #त्रिविका ६२ मध्ये ४३ आंगिक क्याम्पसको स्ववियु निर्वाचन नतिजा सार्वजनिक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545