प्रचण्ड सरकार ढाल्न एमालेले बाँकी अवधि कांग्रेसले चलाओस्, हामी समर्थन गर्छौं भनेको थियो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई कांग्रेसले प्रधानमन्त्री बनाएको बेलामा एमालेले बाँकी कार्यकाल पूरा दिनेगरी प्रधानमन्त्री अफर गर्दा पनि आफूहरूले अस्वीकार गरेको बताएका छन् ।
सुनसरी पुगेका महामन्त्री थापाले पार्टीको कार्यक्रममा बोल्दै माओवादीसँग सहकार्य हुँदा एमालेले प्रधानमन्त्री बनाउँछु भन्दा पनि विकल्प खोज्न नगएको जिकिर गरे ।
उनले भने, ‘कांग्रेस र माओवादीको संयुक्त सरकार बनिरहेको बेलामा एमालेको तर्फबाट कांग्रेसलाई पटक–पटक प्रस्ताव गरिएको थियो, यो सरकार छाड्दिनुस्, कांग्रेस नेता प्रधानमन्त्री बन्नुस्, बाँकी रहेको तीनचार कति वर्ष हुन्छ, कांग्रेसकै नेतृत्वमा सरकार बनाउने प्रस्ताव निरन्तर आइरह्यो, तर कांग्रेसले त्यो प्रस्ताव स्वीकार गरेन ।’
महामन्त्री थापाले शीर्ष तहमा भएको राजनीतिक सहमति इमानदारीपूर्वक कार्यान्वयन नहुँदा राजनीतिक अस्थिरता बढेको बताए ।
उनले थपे, ‘राजनीतिक दलहरुबीच बन्द कोठामा हुने समझदारी चाहिँ हस्ताक्षर गर्ने, तर कार्यान्वयन गर्ने विषयमा चाहिँ इमानदार नहुने, बेइमानी गर्ने चरित्र बनिरहेको बेलामा कांग्रेस र पार्टी नेतृत्वले हामी माओवादी, एकीकृत समाजवादीलगायतको गठबन्धनमा भएकाले विकल्प सोच्दैनौं भनेर बस्यौं ।’
उनले कांग्रेसको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले काँध फेर्छु भनेर एमालेसँग नगएको भए अहिलेसम्म प्रचण्ड नै प्रधानमन्त्री भइरहेको हुने पनि बताए ।
महामन्त्री थापाले माओवादी एकीकृत समाजवादीसँग गठबन्धनमा हुँदा प्रचण्ड, माधव नेपाल र अन्तिममा शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेगरी भएको सहमति पनि स्मरण गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रचण्ड सरकार ढाल्न एमालेले बाँकी अवधि कांग्रेसले चलाओस्, #हामी समर्थन गर्छौं भनेको थियो : गगन थापा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्