प्रेस चौतारीको १० औं केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु

विराटनगर । प्रेस चौतारी नेपालको १० औं केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु भएको छ ।
संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको अध्यक्षता तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सुरु भएको अधिवेशनमा देश भरीका प्रेस चौतारी आबद्ध पत्रकारहरू भेला भएका छन् ।
अधिवेशनमा देशभरका झण्डै एक हजार पत्रकार जम्मा भएका प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिए ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, नेकपा एमालेका केन्द्रीय नेताहरू, पत्रकारहरूका विभिन्न पेसागत संगठनका नेताहरू लगायतको सहभागिता रहेको छ ।
कार्यक्रममा प्रेस चौतारी नेपालले प्रकाशन गरेको स्माररिका विमोचन गरिएको छ । प्रेस चौतारी नेपालले प्रदान गरेकाे विभिन्न पुरस्कार पनि कार्यक्रममा प्रदान गरिएकाे छ । मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रेस चौतारीको १० औं केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्