Techie IT
सोमबार, वैशाख ८,२०८२

भक्तपुरको बोडेस्थित पिकनिक स्पटमा शव फेला, हत्याको आशंका


काठमाडौं, १० चैत । भक्तपुरको बोडेस्थित पिकनिक स्पटमा एकजनाको शव फेला परेको छ ।

मध्यपुर ठिमी नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पटको पार्किङमा खोटाङ केपिलासगढी गाउँपालिका-२ का ६६ वर्षीय ओमप्रकाश राई मृत फेला परेका हुन् ।

उनको टाउको लगायत भागमा चोट देखिएको र नजिकै रगत लत्पतिएको ढुंगा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनको हत्या भएको प्रहरीको आशंका छ । राई कवाडी सामान टिप्ने काम गर्दै आएका थिए ।

थप अनुसन्धान अगाडि बढाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #भक्तपुरको बोडेस्थित पिकनिक स्पटमा शव फेला, #हत्याको आशंका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545