Techie IT
सोमबार, वैशाख ८,२०८२

एमाले प्रचार विभाग सचिवबाट पाण्डेले दिए राजीनामा


काठमाडौं । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डेले राजीनामा दिएका छन् । पार्टी केन्द्रीय सचिवालयको फागुन २८ गतेको बैठकले उनलाई सचिवमा मनोनीत गरेको थियो । गत चैत ३ गते उनले शपथ लिएका थिए ।

महासचिव शंकर पोखरेललाई सम्बोधन गरेर उनले बुझाएको राजीनामा पत्रमा आफू प्रेस चौतारीको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेका कारण दोहोरो जिम्मेवारी नलिने मनसाय नरहेको उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #एमाले प्रचार विभाग सचिवबाट पाण्डेले दिए राजीनामा


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
29°
Fair
5:31 am6:33 pm +0545