Techie IT
सोमबार, वैशाख ८,२०८२

नुवाकोटमा पासाङल्हामु यातायातको बसले किचेर एक महिलाको मृत्यु


नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका–१ छापडाँडामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका–१ की ३६ वर्षीया मञ्जुमाया तामाङ रहेकी छन्।

 

बुधवार दिउँसो करिब ५ बजे काठमाडौंबाट लर्केपतर्फ गइरहेको नमस्ते पासाङ ल्हामु यातायात प्रालिको बा २ ख ६८०४ नम्बरको बसले उनलाई किचेको स्थानीयले बताएका छन्।

बसबाट ओर्लिएर सहचालकलाई पैसा तिर्दै गरेका श्रीमानलाई पर्खिरहेकी तामाङलाई बसको पछाडिको पाङ्ग्राले किचेको थियो। दुर्घटनापछि उनको खुट्टादेखि ढाडसम्म गम्भीर चोट लागेको थियो, जसकारण उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भयो।

मृतकको शव त्रिशूली अस्पतालमा राखिएको छ भने आफन्तहरूले दोषीलाई कारबाहीको माग गर्दै पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन्।

यस विषयमा पीडित परिवार, प्रशासन र बस समितिका पदाधिकारीबीच छलफल भइरहेको छ। यस्तै, प्रहरीले बसका चालक मित्रबहादुर तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #नुवाकोटमा पासाङल्हामु यातायातको बसले किचेर एक महिलाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545