हात्तीसार क्याम्पसमा स्वतन्त्रले जिते सभापति, सुनसरीका ५ मध्ये ४ वटामा नेविसंघले मार्यो बाजी

विराटनगर । सुनसरीका विभिन्न ५ वटा क्याम्पसमा भएको स्ववियू चुनावमा ४ वटामा नेपाल विद्यार्थी संघले सभापति जितेको छ । सुनसरीका केही क्याम्पसहरूमा भने विवादका कारण निर्वाचन हुन सकेन ।
सुनसरीको केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा भने स्वतन्त्र उम्मेदवार पेशलराज कार्कीले सभापति जितेका छन् । उनलाई अनेरास्ववियू क्रान्तिकारीको समर्थन थियो ।
जिल्लाको सबैभन्दा ठूलो क्याम्पस धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघका प्रशान राई विजयी भए । यहाँ नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानल थियो ।
यसैगरी पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा क्याम्पसमा नेविसंघका सभापति सागर बस्याल विजयी भएका छन् । इनरुवाको सुनसरी बहुमुखी क्याम्पसमा पनि नेविसंघका सुनिलकुमार मण्डल सभापतिमा विजयी भएका छन् । बराहक्षेत्र नगरपालिका चक्रघट्टीको सप्तकोशी बहुमुखी क्याम्पसमा नेविसंघका विज्ञान सावा लिम्बू विजयी भए ।
निर्वाचन भएका कुनै पनि क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारीले सभापति जिताउन सकेनन् । सुनसरीको इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा भने विवादका कारण निर्वाचन हुन सकेको छैन । पिण्डेश्वर क्याम्पसमा भने अनेरास्ववियुका उम्मेदवार यसअघि नै सर्वसम्मत निर्वाचित भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुनसरीका ५ मध्ये ४ वटामा नेविसंघले मार्यो बाजी, #हात्तीसार क्याम्पसमा स्वतन्त्रले जिते सभापति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्