युवा संघ झापाका इन्चार्ज आङ्देम्बेमाथि खुकुरी प्रहार, आइसियुमा उपचार हुँदै

बिर्तामोड, २७ फागुन । राष्ट्रिय युवा संघ नेपाल झापाका इन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज)सहित तीन जना युवामाथि गएराति सांघातिक आक्रमण भएको छ । हत्या गर्ने योजनासहित भएको आक्रमणबाट तीनै जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।
इन्चार्ज आङ्देम्बेको आइसियुमा र अन्य २ जना विश्वदिप राजवंशी र अजय खवासको अर्थो वार्डमा राखेर उपचार भइरहेको छ । आङ्देम्बेमाथि खुकुरी प्रहार भएको थियो । खुकुरीबाट उनको अनुहारमा गम्भीर चोट लागेको छ भने अन्यको हात र शरिरका विभिन्न भागमा चोट लागेको छ ।
घटना विवरण अनुसार बिर्तामोड–४ का खगेन्द्र खालिङ्गले राति करिब १ बजे आङ्देम्बेलाई घरमा बोलाएको बुझिएको छ । घर भित्र पस्नको लागि चेनगेटमा पुग्नेवित्तिकै खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । अर्का घाइते खवासका अनुसार आङ्देम्बेको हत्या गर्ने योजनाले नै खुकुरी प्रहार भएको हो ।
‘आङ्देम्बेलाई खुकुरी प्रहार गर्दा मैले रोक्ने प्रयास गरेँ, खवासले भने– ‘मेरो हातको ४ वटा औँला काटिएको छ । यो आक्रमण योजनावद्ध देखिन्छ ।’
यस्तै, अर्का घाइते राजवंशीलाई पनि भद्रपुर रोडमा रहेको दरबार रेष्टुरेण्टबाट ओर्लिएपछि मोटरसाइकलमा आएका सोही समूहका ४ जनाले आक्रमण गरेको थियो ।
घटनाको विषयमा जानकारी भएपश्चात संलग्नहरुको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आइसियुमा उपचार हुँदै, #युवा संघ झापाका इन्चार्ज आङ्देम्बेमाथि खुकुरी प्रहार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्