Techie IT
सोमबार, वैशाख ८,२०८२

वातावरण प्रदूषण गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरले तोक्यो १ लाख जरिबाना


काठमाडौं । काठमाडौं महानगरपालिकाले आज पूर्वराजाको स्वागतार्थ भएको प्रदर्शनको क्रममा वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख जरिबाना तोकेको छ ।

महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पत्र लेखेर पार्टी कार्यालयको आयोजना गरिएको कार्यक्रममा सहभागीहरूबाट एयरपोर्ट, तिलगंगा गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र त्यहाँका बिरुवा साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको जनाएको छ ।

निर्वाचन आयोग, र काठमाडौं महानगरको प्रशासन विभागलाई बोधार्थ दिइएको उक्त पत्रमा नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापामगरले हस्ताक्षर गरेका छन् ।

पत्रमा फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरिबाना तोकिएको उल्लेख छ ।

यसअघि गत मंसिर ७ मा दरबार मार्गमा नेकपा एमालेको जागरणसभामा पनि फोहोर गरेको भन्दै महानगरले एमालेलाई जरिबानाको पुर्जी थमाएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #वातावरण प्रदूषण गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरले तोक्यो १ लाख जरिबाना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545