विमानस्थलबाहिर प्रदर्शन सुरु, राजसंस्थाको पक्षमा नाराबाजी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आउनुभन्दा घन्टौं अगाडिबाट त्रिभुवन विमानस्थलबाहिर सडकमा प्रदर्शन सुरु भएको छ । बाक्लो संख्यामा उपस्थित भएका प्रदर्शनकारीले राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध नारावाजी गरिररहेका छन् ।
प्रदर्शनकारीले ‘राजतन्त्र जिन्दावाद’, ‘राजा आउ देश बचाउ’, ‘गणतन्त्र मुर्दाबाद’ ‘हाम्रो राजा हाम्रो देश प्यार भन्दा प्यारो छ’ लगायतका नाराहरु लगाएका छन् । राजावादीहरुको प्रदर्शनका कारण यस क्षेत्रको यातायात अवरुद्ध बनेको छ । प्रहरीले प्रदर्शनकारीलाई सम्झाउने प्रयास गरिरहेको छ ।
कुनै आयोजकको ब्यानर नरहेको भिडमा उपस्थितहरुले राष्ट्रिय झण्डा बोकेका छन् । प्रहरीले विमानस्थलको गेटबाट पस्न कडाइ गरेपछि नारावाजी सुरु भएको थियो ।
काठमाडौंका विभिन्न स्थानबाट राजावादी कार्यकर्ताहरु एयरपोर्ट आउँदैछन् । दुर्गा प्रसाईंका समर्थकहरु अहिले तीनकुनेमा जम्मा भएका छन् । उनीहरु एकत्रित भएर एयरपोर्ट जाने तयारी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राजसंस्थाको पक्षमा नाराबाजी, #विमानस्थलबाहिर प्रदर्शन सुरु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्