Techie IT
सोमबार, वैशाख ८,२०८२

नेपालटार पिच : फागुन २५ गते व्यवसाय बन्द, २६ गते बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह


तारकेश्वर, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नम्बर ११ अन्तर्गत पर्ने नेपालटार पुलदेखि डाँडागाउँ जाने मुख्य सडक कालोपत्रे गरिने भएको छ। सडक स्तरोन्नतिको क्रममा आगामी फागुन २५ गते धुलो नियन्त्रण र प्राइम कोट कार्य गरिने तथा फागुन २६ गते कालोपत्रे गरिने वडा कार्यालयले जानकारी गराएको छ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै फागुन २५ गते व्यवसाय सञ्चालनमा बाधा पुग्न सक्ने हुँदा व्यवसायीलाई आफ्नो व्यवसाय एक दिन बन्द गर्न अनुरोध गरेको छ। साथै, सडक पिच गर्ने कामलाई सहज बनाउन फागुन २६ गतेका लागि स्थानीय बासिन्दाहरूलाई बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

कार्यालयले निर्माण कार्यका कारण पर्न जाने असुविधाप्रति क्षमायाचनासमेत व्यक्त गरेको छ। साथै, स्थानीय बासिन्दाहरूलाई निर्माण कार्यमा सहयोग गर्न आग्रह गरिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #२६ गते बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, #breaking, #नेपालटार पिच : फागुन २५ गते व्यवसाय बन्द


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545