सरकारका प्रवक्ता भन्छन्- पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सिए

काठमाडौं, २३ फागुन । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सिएको बताएका छन् ।
शुक्रबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गर्ने क्रममा उनले व्यवस्था नै पल्टिएपछि नागार्जुन दरबारमा राखेको बताउदै व्यवस्था र राजनीतिक दलहरूप्रति कटाक्ष गर्दै फेरि फर्किन्छु भनेर ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको बताएका हुन् ।
उनले भने, ‘नेपालमा उदार लोकतन्त्र छ । अरू मुलुकमा भएको भए ४०/५० वर्षसम्म शोषण गर्ने, जनतालाई दुःख दिने राजसंस्था र त्यसको परिवार, व्यक्तिहरूलाई नयाँ व्यवस्था आइसकेपछि जेलमा बस्नुपर्ने हो । तीनको सम्पत्ति सबै हरण हुनुपर्ने हो । दुनियाँमा त्यही इतिहास छ । तर, हामीले स–सम्मान नागार्जुन दरबारमा राखेका छौँ । आज उनी नै व्यवस्था र राजनीतिक दलहरूप्रति कटाक्ष गर्दै फेरि फर्किन्छु भनेर जुन हर्कत गरिरहेका छन् । त्यो उनले आफ्नो हैसियत बिर्सिएको हो ।’
उनले आफ्नो दरबार र परिवारको रक्षा गर्न नसक्ने राजतन्त्रले कसरी देशको रक्षा गर्छ ? भन्दै प्रश्न गरे । उनले राजा मच्चिदै हिड्दैमा फर्किन्छ भनेर सोच्नुपर्ने केही अवस्था नरहेको स्पष्छ पारे ।
’राजाले कसरी देश बचाउँछन्, दुनियाँमा कुन देशमा राजाले देश बचाएको छ ? आफ्नो ज्यानको रक्षा गर्न नसक्ने, दरबारको रक्षा गर्न नसक्ने राजतन्त्र, परिवारको रक्षा गर्न नसक्ने राजसंस्था, सबै कानुन हातमा लिएको राजसंस्था, जहाँ मेरिटोक्रेसीको कुनै गुन्जायस हुँदैन, जहाँ प्रतिष्पर्धाको कुनै गुन्जायस हँुदैन, जहाँ एउटा कुलमा जन्मेको कारणले मुलुकको तीन करोडको जनतामध्ये सबैभन्दा योग्य ठहरिन्छ । त्यसको शासनमा हामी बस्नुपर्ने बाध्य परिन्छ । त्यस्तो व्यवस्थाको वकालत गर्दै हिड्ने लोकतन्त्र मान्ने हुनकी होइनन् विचार गर्नुपर्छ । राजा मच्चिएर हिड्दैमा राजा फर्किन्छ भनेर सोच्नुपर्ने केही छैन्,’उनले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सरकारका प्रवक्ता भन्छन् : कांग्रेस-एमालेबीचको सहमति तलमाथि हुँदैन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्