Techie IT
सोमबार, वैशाख ८,२०८२

प्रचण्डले नातिनीका लागि अमेरिका र स्वीटजरल्याण्डमा घर किनेको दुर्गा प्रसाईंको आरोप


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाउँदै आएका मेडिकल व्यवसायी तथा राजवादी अभियन्ता दुर्गा प्रसाईंले माओवादी अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’माथि निशाना साँधेका छन् ।

 

 

राजाको पक्षमा शुक्रवार पत्रकार सम्मेलन गरेका प्रसाईंले प्रचण्डले अमेरिका र स्वीटजरल्याण्डमा घर किनेको आरोप लगाए ।

 

माओवादी अध्यक्ष प्रचण्डले राजतन्त्र रछ्यानमा फालिसकेको टिप्पणी गरेकोमा प्रसाईंले अब प्रचण्डलाई नै रछ्यानमुनी फाल्ने दावी गरे ।

उनले भने,’म आफैंले २० वर्ष सहयोग गरेको हो नि प्रचण्डलाई । हामीले डडाल्नामा प्रेसर कुरक बम नबोकेको भए आज नातिनीको लागि अमेरिकामा घर किन्न सक्थे? स्वीटरजल्याण्डमा घर किन्थे रु प्रधानमन्त्री हुन्थे ?’

पत्रकार सम्मेलनभरी विभिन्न नेता र पत्रकार तथा लेखकहरुको उछितो काढेका प्रसाईंले फागुन २५ गते काठमाडौं ठप्प बनाएर पूर्व राजाको स्वागत गरिने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रचण्डले नातिनीका लागि अमेरिका र स्वीटजरल्याण्डमा घर किनेको दुर्गा प्रसाईंको आरोप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545