हेल्दी फ्रेन्ड्स क्लब काठमाडौँको तेस्रो बार्षिक उत्सबको उपलक्ष्यमा काठमाडौँमा ब्याडमिन्टन प्रतियोगिता सुरु

काठमाडौँ , २३ हेल्दी फ्रेन्ड्स क्लब काठमाडौँको तेस्रो बार्षिक उत्सबको उपलक्ष्यमा आज देखि काठमाडौँमा ब्याडमिन्टन प्रतियोगिता सुरु भयो।
काठमाडौँको १६ नम्बर वडा शोभाभगवती मार्ग स्थित हेल्दी फ्रेन्ड्स कल्बको कभर्ड हलमा यहि २०८१ साल फाल्गुन २३ गते देखि चैत्र ९ गते सम्म संचालन हुने उक्त ब्याडमिन्टन प्रतियोगिता – २०८१ को उद्घाटन गर्दै रास्ट्रिय सभाका सदस्य माननीय किरण बाबु श्रेष्ठले खेल स्वस्थ समाज निर्माण गर्न मात्र नभएर सामाजिक एकता र पहिचानको लागि समेत महत्वपूर्ण भएकोले खेलकुदको प्रबर्धनमा सबैले ध्यान दिनुपर्ने बताउनु भयो।
क्लबका अध्यक्ष्य श्रीराम पुडासैनीले खेलमा टिम वर्कको भावना,अनुशासन, आत्मा विश्वास र सकारात्मक सोच हुनुपर्नेमा जोड दिदै सबै खेलाडीहरुलाई शुभकामना ब्यक्त गर्नुभयो भने ब्याडमिन्टन प्रतियोगिता संयोजक उमेश केसीले खेलाडीहरुले पालना गर्नु पर्ने नियमहरु प्रस्तुत गर्नु भएको थियो।लिगको आधारमा खेलाइने उक्त प्रतोयोगीतामा २६ जना खेलाडीले ८२ वटा खेल खेल्ने छन्।
कार्यक्रममा बरिस्ठ ब्याडमिन्टन खेलाडी अर्जुन केसी , भूगोल थापा लगायत समाज कल्याण बिकास केन्द्रका पदाधिकारी स्थानीय खेल प्रेमी दाजुभाइ दिदीबहिनीको उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रमको उद्घोषण दिपेन्द्र काफ्लेले गर्नु भएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #हेल्दी फ्रेन्ड्स क्लब काठमाडौँको तेस्रो बार्षिक उत्सबको उपलक्ष्यमा आज देखि काठमाडौँमा ब्याडमिन्टन प्रतियोगिता सुरु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्