टोखा नगरपालिका : भोलि शनिबार विष्णुमती करिडोर सरसफाई हुँदै

काठमाडौँ । टोखा नगरपालिका, काठमाडौंले बिष्णुमति साङ्गलेखोला लगायतका नदीहरूको सरसफाई अभियानलाई निरन्तरता दिँदै ४१औं हप्ता सम्पन्न गर्न लागेको छ। यो अभियान नगर कार्यपालिकाको कार्यालयले २०८१ बैशाख २० गतेको निर्णयअनुसार हरेक शनिबार सञ्चालन गरिँदै आएको छ।
यस पटकको सरसफाई कार्यक्रम २०८१ साल फागुन २४ गते, विहान ठीक ७:०० बजे विष्णुमती करिडोर, मनोहरतीर्थ पुलदेखि करिब ५०० मिटर दक्षिणमा आयोजना गरिनेछ।
सरसफाई अभियानमा सम्पूर्ण जनप्रतिनिधि, नगरपालिका तथा वडा कार्यालयका कर्मचारी, सुरक्षा निकाय, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय, सार्वजनिक तथा निजी कार्यालय, फोहोरमैला व्यवस्थापन गर्ने संस्था, प्रधानमन्त्री रोजगार कार्यक्रमका सदस्य, क्लव, सामाजिक संघसंस्था, पूर्व प्रहरी संगठन, विभिन्न राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्था, उपभोक्ता समिति, लाभग्राही समूह, सफाई अभियन्ता, सञ्चारकर्मी तथा स्थानिय समुदायलाई सक्रिय सहभागिताका लागि अनुरोध गरिएको छ।
टोखा नगरपालिकाले सबैलाई सरसफाई अभियानमा सहभागी भई नगरलाई सफा, सुन्दर र स्वच्छ बनाउन योगदान दिन आग्रह गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिका : भोलि शनिबार विष्णुमती करिडोर सरसफाई हुँदै\
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्