Techie IT
मंगलबार, वैशाख ९,२०८२

कोटिहोमको भूमिपूजा नगरप्रहरीले रोक्न खोज्दा पोखरामा झडप, केही घाइते


पोखरा । पोखरा महानगरपालिकाले काेटीहाेम महायज्ञ रोक्न खोज्दा झडप भएको छ ।

 

लेकसाइडमा कोटिहोमका लागि भूमिपुजन गर्न पोखरा महानगरले रोक्न लागेपछि झडप भएको हो । झडपमा केही नगरप्रहरी र अन्य घाइते भएका छन् ।

 

 

मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न लागेको थियो ।सोही भूमिपुजन महानगरले रोक्न खोजेको हो ।

महानगरले अनुमतिबेगर लेकसाइडमा भूमिपुजन गर्न लागेको भन्दै रोक्न नगर प्रहरी खटाएको थियो । मानव सेवा फाउन्डेसनका संस्थापक विजय भण्डारीले जुनसुकै हालतमा कोटिहोम गर्ने अडानका साथ भूमिपुजन थालेको महानगरले जनाएको छ ।

भूमिपुजन रोक्न कोटीहोम क्षेत्र बाहिर नगर प्रहरी खटाइएको थियो । सोही क्रममा भण्डारीका समर्थक आक्रोशित बनेका थिए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केही घाइते, #कोटिहोमको भूमिपूजा नगरप्रहरीले रोक्न खोज्दा पोखरामा झडप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545