माछापोखरीबाट जोरपाटी र तारकेश्वर बस्ने दुईजना पक्राउ

तारकेश्वर । प्रहरीले काठमाडौंको माछापोखरीबाट सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ जोरपाटी बस्ने २९ वर्षीय उमेश तामाङ र तारकेश्वर नगरपालिका-७ संगम फाँट बस्ने ३० वर्षीय मोहन पुलामी मगर रहेका छन्।
माछापोखरीमा अवैध रूपमा वन्यजन्तु सालकको खपटा खरिदबिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त, बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको छ ।
उनीहरूको साथबाट खैरो/नीलो/फिक्का रातो/सेतो मिश्रित रङको झोला एक थान, सालकको खपटाजस्तो देखिने वस्तु ७७० ग्राम, जिओनी कम्पनीको मोबाइल एक थान र प्रो कम्पनीको किप्याड मोबाइल एक थान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माछापोखरीबाट जोरपाटी र तारकेश्वर बस्ने दुईजना पक्राउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्