नुवाकोटको तारकेश्वर गापामा कार्यालय समयमा फेसबुक, टिकटक नचलाउन निर्देशन, अटेरी गरे मोबाइल जफत गरिने

नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी अविरलले कार्यालय समयमा फेसबुक, टिकटक नचलाउन निर्देशन दिएका छन्। गाउँपालिका कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य केन्द्र तथा विद्यालय परिसरमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न अध्यक्ष अधिकारीले यस्तो निर्देशन दिएका हुन्।
उक्त निर्देशनको कार्यान्वयन गर्न गाउँ प्रहरीले आज वडा नं १, २, ३ र ४ का कार्यालय, स्वास्थ्य केन्द्र तथा विद्यालयहरूमा छड्के अनुगमन गरेको छ। विद्यालयमा विद्यार्थीहरूको पठनपाठनमा असर नपरोस्, सामाजिक विकृति नफैलियोस् तथा कार्यालय र स्वास्थ्य केन्द्रमा सेवाग्राहीलाई उचित सेवा उपलब्ध गराउन कुनै अवरोध नहोस् भन्ने उद्देश्यले अध्यक्ष अधिकारीले सामाजिक सञ्जालको प्रयोगमा कडाइ गरेका हुन्।
अध्यक्ष अधिकारीले निर्देशनको अवज्ञा गर्दै फेसबुक वा टिकटक चलाएको पाइएमा मोबाइल जफत गर्न गाउँ प्रहरीलाई आदेश दिएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अटेरी गरे मोबाइल जफत गरिने, #टिकटक नचलाउन निर्देशन, #नुवाकोटको तारकेश्वर गापामा कार्यालय समयमा फेसबुक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्