Techie IT
मंगलबार, वैशाख ९,२०८२

एमालेले जनसंगठनको संरचना घटाउँदै, पदाधिकारी संख्या ९ जनाभित्र सीमित गर्ने निर्णय


काठमाडौं: नेकपा एमालेले आफ्ना जनवर्गीय संगठनहरूको केन्द्रीय समिति र पदाधिकारीहरूको संरचना छरितो बनाउने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले जनसंगठनका केन्द्रीय कमिटीको आकार र पदाधिकारी संख्या निर्धारण गरेको हो।

महासचिव शंकर पोखरेलका अनुसार अबदेखि जनसंगठनमा स्थायी कमिटीको संरचना नराख्ने र केन्द्रीय कमिटी तथा सचिवालय मात्र रहनेछन्। उनले सम्बन्धित संगठनहरूले आफ्ना विधान मार्फत नयाँ संरचना लागू गर्ने बताए।

एमाले सचिव पद्मा अर्यालका अनुसार ठूला जनसंगठनहरूको केन्द्रीय कमिटी १५० सदस्यीय र साना संगठनहरूको ९९ सदस्यीय हुनेछ। सबै संगठनका पदाधिकारी संख्या ९ जनाभित्र सीमित गरिने निर्णय भएको छ।

सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न सोमबार बिहान जनसंगठन संयन्त्रको बैठक बोलाइएको छ। एमालेले चैत मसान्तसम्म सबै जनसंगठनको अधिवेशन सक्न समयसीमा तोकेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेले जनसंगठनको संरचना घटाउँदै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
30°
Fair
5:30 am6:33 pm +0545