Techie IT
मंगलबार, वैशाख ९,२०८२

ट्रम्प र जेलेन्स्कीको वार्तापछि शंकर पोखरेलले भने- छिमेकीसँगको सम्बन्ध बिग्रँदा दुःख पाइनेरहेछ


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच वार्तापछि हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

 

ह्वाइटहाउस पुगेका जेलेन्स्कीसँग राष्ट्रपति ट्रम्प चर्काचकी परेको बारे महासचिव पोखरेलले भनेका छन्, ‘अमेरिका र युक्रेन बीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको छ । हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसंगको सम्वन्धलाई प्राथमिकतामा राख्नु पर्दछ ।’

छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठूला र शक्तिशाली देशहरुले पनि दुःख पाएको बताए ।

 

त्यसबारे उनको भनाइ जस्ताको तस्तै

अमेरिका र युक्रेनबीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको छ । हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नु पर्दछ । छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठूला र शक्तिशाली देशहरुले पनि दुःख पाउनु पर्दोरहेछ । छिमेकका विरुद्ध बाहिरवाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदोरहेछ ।

आज रुस र युक्रेन दुवैका लागि युद्ध घाँडो भएको छ । तर युद्ध अन्त्यका लागि उनीहरुले निकै ठूलो मुल्य चुकाउनु पर्ने अवस्था देखिँदैछ ।

शान्ति र स्थायित्वका लागि अब हरेक देशले सोच्नु पर्दछ, क्षेत्रिय शान्ति बिना विश्व शान्ति सम्भव हुँदैन । त्यसमाथि एसियाली देशहरुले आपसी सम्बन्धको विकासमा जोड़ दिने हो भने एसिया विश्व सभ्यताको केन्द्रका रुपमा पुनः स्थापित हुने अवस्था छ ।

अमेरिकाको पछिल्लो रणनीतिले अवको एसिया नै भूराजनीतिको द्वन्द्वको केन्द्र बन्न सक्ने संकेत गर्दछ । गाजा क्षेत्र प्यालेस्टानीहरुबाट खोस्ने योजनाले त्यसकै संकेत गर्दछ ।

साथै रुस र युक्रेनबीचको युद्ध अन्त्यको नाममा भएको अमेरिकी प्रयास विश्वशान्तिको उद्देश्यसँग जोडिएको देखिएन । त्यसको केन्द्रमा खनिज सम्पदाको प्राप्ति मुख्य चासोको विषय बन्न पुगेको छ ।

यस प्रकारको स्वार्थपरक नीतिले अन्ततः आर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भूराजनीतिक द्वन्द्वको विकास गर्नेछ । यस प्रकारको परिस्थितिवाट एशियाली राष्ट्रहरु विशेष ढंगले सचेत बन्नु आवश्यक छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ट्रम्प र जेलेन्स्कीको वार्तापछि शंकर पोखरेलले भने- छिमेकीसँगको सम्बन्ध बिग्रँदा दुःख पाइनेरहेछ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
30°
Fair
5:30 am6:33 pm +0545