Techie IT
मंगलबार, वैशाख ९,२०८२

नेपालटार-डाँडागाउँ सडकमा बेस हालिँदै, एक हप्ताभित्र कालोपत्रे


तारकेश्वर, काठमाडौँ । नेपालटारको पुलदेखि ग्रामीण क्याम्पस हुँदै डाँडागाउँसम्मको बाटो स्तरोन्नतिको काम भइरहेको छ। उक्त सडकखण्डमा बेस राख्ने तथा रोलिङ गर्ने काम भइरहेको हो । तारकेश्वर नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर उज्ज्वल न्यौपानेले अबको एक हप्ताभित्रै कालोपत्रे कार्य सम्पन्न हुने नुवाकोट एक्सप्रेसलाई जानकारी दिए ।

 

लामो समयदेखि अल्झिएको यो सडक निर्माण कार्य कारण प्राथमिकताका साथ भइरहेको छ। “काम धमाधम भइरहेको छ, म साइटमै छु। केही दिनमै कालोपत्रे सम्पन्न हुनेछ।” उनले भने ।

नगरपालिकामा सरुवा भएर आएपछि नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी भूमिगत तारको काम गराएको छु । “सबवेसको काम पुसमै सकाएको थियो, तर चिसो मौसमका कारण कालोपत्रे गर्न सम्भव भएन,” । त्यसैले चैतसम्म काम होल्ड गरिएको हो, प्रमुख न्यौपानेले भने ।

हाल बेस हाल्ने काम अन्तिम चरणमा पुगेको छ। बेस पेलेर सकिएपछि अब केही दिन सुकाउने, प्राइम कोट गर्ने र मौसम अनुकूल भएमा त्यसको २-३ दिनमै कालोपत्रे सक्ने योजना छ।

सडक निर्माणका क्रममा यातायात असहजता नहोस् भनेर नगरपालिकाले योजना बनाएको छ। “आज सार्वजनिक बिदा भएकाले बेस पेलेर सक्ने काम भइरहेको छ,”। ट्राफिक व्यवस्थापन सहज बनाउन, कालोपत्रे गर्ने बेलामा पनि सार्वजनिक बिदा (जस्तै होली) पारेर काम गर्ने योजना छ।

नगरपालिकाका मेयर कृष्ण हरि महर्जनले सडक निर्माणको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्। साथै, कामको गुणस्तरमा कुनै सम्झौता नगर्न स्पष्ट निर्देशन दिइएको छ। “क्वालिटी र क्वान्टिटीमा कुनै सम्झौता नगर्नू,” इन्जिनियर न्यौपानेले मेयर महर्जनको भनाइ उद्धृत गर्दै भने ।

लामो समय नुवाकोटको पञ्चकन्या गाउँपालिकामा इन्जिनियरका रूपमा कार्यरत नुवाकोट तादीका न्यौपाने अहिले नुवाकोटबासीको बाक्लो बस्ती रहेको तारकेश्वर नगरपालिकामा पूर्वाधार शाखा प्रमुखका रूपमा रहेका छन्।

नेपालटारदेखि डाँडागाउँसम्मको ५५० मिटर सडकखण्ड महत्वपूर्ण छ। स्तरोन्नति सकिएपछि नगरपालिकाको माथिल्लो बेल्टसम्म जाने यातायात आवागमन सहज हुनेछ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एक हप्ताभित्र कालोपत्रे, #नेपालटार-डाँडागाउँ सडकमा बेस हालिँदै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545