Techie IT
मंगलबार, वैशाख ९,२०८२

मासिक १०० अभियानमा नारी सम्मान


आउँदै गरेको अन्तरास्ट्रिय नारी दिवसको सम्झनार्थ मासिक १०० अभियान नेपालले आज काठमाडौँको गोकर्णेश्वर–८ मा नारी दिवस उत्सव स्वरुप नारी बिशेष जेष्ठ नागरिक सम्मान तथा भेटघाट कार्यक्रम आयोजना गर्यो। उक्त कार्यक्रममा जेस्ठ नागरिक सम्मान,नयाँ आजीवन सदस्य सम्मान ,गोलाप्रथाद्वारा महिला सम्मानका साथ,भजन, नृत्य, कविता बाचन गर्नुहुने महानुभावहरुलाई प्रसंसा–पत्र प्रदान गरिएको थियो ।त्यसैगरीउक्त कार्यक्ममा जेस्ठ नागरिकहरुको रचनात्मक प्रस्तुतिका साथै फाल्गुन महिनामा जन्म महिना परेका व्यक्तित्वहरुको जन्मोत्स्वब मनाइएको थियो ।एकै स्थान मा चार पुस्ते सम्मको उपस्थिति रहेको उक्त कार्यक्ममा ९३ बर्षकि आमा सावित्री भण्डारी एवँ विद्या साहीलाइ सम्मानगर्दै र विभिन्न बिधाका उत्किृस्ट व्यक्तित्वहरुलाई कदर तथा प्रसंशा पत्र प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ संचार कर्मी श्रीराम पुडासैनीले समाजमा जेस्ठ नागरिकहरुको भूमिकामाथि प्रकाशपार्दै जेस्ठ नागरिकहरुले जिन्दगीभरि आर्जेका ज्ञान, सिप ,अनुभब र अनुभूतिहरु समुन्नत समाज निर्माण लागि निकै ठुलो मार्गदर्शन हुने बताउनुका साथै श्री पुडासैनीले समाजसेवीमाथि प्रशंसा गर्दै समाज परिबर्तन गर्न ठुल ठुला साधन, श्रोत , शक्तिनै चाहिन्छ भन्ने होइन, समाज सुधारमा सानु सहयोगको पनि ठुलो अर्थ हुने र हाम्रो सानो प्रयासले कसैको जीवनमा उज्यालो ल्याउन सकिनेमा जोड दिनु भयो। कार्यक्रमकी सभापति संगीता सुबेदीले मासिक १०० अभियानबाट जेस्ठ नागरिक ,असहाय, गरिब एबँ सामान्य शैक्षिक सामग्रीको अभाबमा असजिलोमा परेका बिद्यार्थीहरुलाई सहयोग गर्न सकिएको छ र सबैको साथ सहयोगमा भबिस्यमा धेरै काम गर्नु छ भन्नु भयो।संस्थाका सचिब बिकास श्रेष्ठले मासिक १०० अभियान नेपालको उद्देश्य र कार्यक्रमबारे प्रकाश पार्दै सो दिनको नारी विशेष कार्यक्रमको महत्वबारे प्रकाश पार्नभयो । कार्यक्रममा समाजसेवी सरिता रिसाल ,कमला अधिकारी , अस्मिता श्रेष्ठ लगायतका अगुवाहरुले मन्तब्य राख्नु भएको थियो। उपस्थित महानुभाबहरुले मासिक १०० अभियानका सुत्रधार एबम सस्थाका अध्यक्ष संजय पोखरेल र कार्यसमिति सदस्यहरुप्रति कृतज्ञता प्रकट गरेका थिए। कार्यक्रममा अभियानकी उपाध्यक्ष तारा देबी फुयालको उद्घोषण र महिला भजन टोलीको उत्कृष्ठ प्रस्तुतिले सबैलाई मन्त्रमुग्ध तुल्याएको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #मासिक १०० अभियानमा नारी सम्मान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:30 am6:33 pm +0545