बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ६७ औँ शृङ्खला सम्पन्न

मिति २०८१ साल फागुन १० गते शनिबारका दिन बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ६७ औँ शृङ्खला यस प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।
उक्त शृङ्खला यस प्रतिष्ठानको नियमित कार्यक्रम हो ।सो कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने अतिथिहरुमा प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सदस्य तथा प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी, प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय पार्षद अग्नि कवज, प्रगतिशील लेखक सङ्घ नेपालका मधेश प्रदेश अध्यक्ष नारायण घिमिरे, जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय सदस्य विमला विश्वकर्मा, बुढ्यौली साहित्य समाज धनुषाका अध्यक्ष नानीराम दहाल ‘बन्चरो’, बुढ्यौली साहित्य समाज तथा प्रलेस महोत्तरी सचिव नारद प्रसाद काफ्ले र प्रगतिशील लेखक सङ्घ नेपाल बर्दिबास नगर समितिका सहसचिव यादवराज वाग्ले थिए ।
उक्त कार्यक्रममा सिन्धुलीका कवि गोविन्द प्रसाद काफ्लेले भिडियो मार्फत शुभकामना मन्तव्य व्यक्त गर्दै आफ्ना दुई ओटा सिर्जना वाचन गरेका थिए । यसैगरी कवि नारद प्रसाद काफ्ले, नानीराम दहाल, यादवराज वाग्ले र अग्नि कवज बाट समाजमा विद्यमान समस्याको उठान गरिएका रचना वाचन गरेका थिए ।
कार्यक्रमको अन्तमा सभाध्यक्ष रामचन्द्र पौडेलले प्रतिष्ठानको ६७ औँ पाइलासम्म आइपुग्न उपस्थिति, सहभागीता, हौसला, उत्प्रेरणा दिनुहुने सम्पूर्णप्रति हार्दिक धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथसहयोग रहने कुरामा आफू आशावादी रहेको बताए। साथै कार्यक्रम गर्न हल उपलब्ध गराएकोमा गौरीशंकर होटल सञ्चालकप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्