Techie IT
मंगलबार, वैशाख ९,२०८२

टोखा नगरपालिकाद्वारा ३९औं हप्ता नदी सरसफाई अभियान सञ्चालन हुँदै


टोखा । टोखा नगरपालिका, काठमाडौंले हरेक शनिबार सञ्चालन गर्दै आएको नदी सरसफाई अभियान अन्तर्गत यस पटकको ३९औं हप्ता टोखा-२, विष्णुमती करिडोर (विष्णुमती धनढिकुरे भन्दा उत्तरतर्फ) सफाइ गरिने भएको छ।

नगर कार्यपालिकाको बैठकबाट पारित निर्णयअनुसार बिष्णुमति, साङ्गलेखोला लगायतका नदीहरूलाई सफा र व्यवस्थित बनाउन यो अभियान निरन्तर सञ्चालन हुँदै आएको छ। सरसफाइ कार्यक्रममा नगरका जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय, स्थानीय बासिन्दा, सामाजिक संघ-संस्था, विद्यालयका विद्यार्थी तथा शिक्षक, फोहोर व्यवस्थापन संस्था, क्लव, संचारकर्मी, उपभोक्ता समिति, पूर्व प्रहरी संगठन तथा अन्य सरसफाइ अभियन्ताहरूको उपस्थितिको लागि अनुरोध गरिएको छ।

टोखा नगरपालिकाले सम्पूर्ण नगरबासीलाई मिति २०८१ साल फागुन १० गते (शनिबार) बिहान ठीक ७:०० बजे तोकिएको स्थानमा सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिकाद्वारा ३९औं हप्ता नदी सरसफाई अभियान सञ्चालन हुँदै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:30 am6:33 pm +0545