चार हजार बढी विद्यार्थीको मुटु परीक्षण

बर्दिबासका चार हजार बढी विद्यार्थीको मुटुको परीक्षण गरिएको छ। नेपाल हार्ट फाउण्डेसन महोत्तरीको आयोजनामा विशेषज्ञ चिकित्सकको टोलीले विद्यालयमै पुगेर बिहीबार विद्यार्थीको मुटु परीक्षण गरेको हो।
वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. प्रकाशराज रेग्मी र डा. अवनीभुषण शर्माको नेतृत्वमा १० जना विशेषज्ञ चिकित्सकको छुट्टाछुट्टै टोलीले बिहीबार बर्दिबास नगरपालिकाका आठ वटा वडाका चार हजार सात सय विद्यार्थीको मुटु परीक्षण गरेको हो।
आयोजक नेपाल हर्ट फाउन्डेसन महोत्तरीका अध्यक्ष दीपक कार्कीले मुटुरोग बोकेका स्कुले बालबालिकामा पछि हुनसक्ने समस्यालाई निदान गर्ने उद्देश्यले नगर क्षेत्रका विद्यालयका बालबालिकाको मुटु परीक्षण गरिएको बताउनुभयो।
शंकास्पद देखिएका विधार्थीलाई विद्यालयमै अत्याधुनिक प्रविधिद्वारा थप परीक्षण गरिएको उहाँको भनाइ छ। मुटुरोग विशेषज्ञ डा. रेग्मीले परीक्षण गरिएका विद्यार्थीमध्ये १५ जनामा मुटु समस्या पहिचान गरिएको बताउनुभयो।
चिकित्सक टोलीले अप्रेसन गर्नु नपर्ने अन्य १३ जना विद्यार्थीलाई निःशुल्क औषधी वितरणसमेत गरेको छ। बर्दिबास नगर प्रमुख प्रह्लाद क्षेत्रीले मुटु परीक्षणजस्तो जीवनोपयोगी कार्यक्रमलाई विस्तार गर्नु आवश्यक रहेको बताउनुभयो।
मुटु परीक्षणका लागि बर्दिबास नगरपालिका, रोटरी क्लब अफ बर्दिबास र जिल्ला ट्राफिक प्रहरीले सहकार्य र सहजीकरण गरेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #चार हजार बढी विद्यार्थीको मुटु परीक्षण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्