Techie IT
सोमबार, वैशाख ८,२०८२

सञ्चारकर्मीलाई काठमाडौं महानगरको साथ , सुरक्षा सामाग्री र केहि खाद्यन्न उपलब्ध


काठमाडौ । काठमाडौ महानगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम मोलेर रातदिन फिल्डमा खटिने सञ्चारकर्मीका लागि सुरक्षा सामाग्री र केहि खाद्यन्न उपलब्ध गराएको छ ।

महानगरका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालले काठमाडौ जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत रही जोखिम मोलेर फिल्डमा खटिएका सञ्चारकर्मीलाई स्यानिटाइजर, मास्क र ग्लोभ्स उपलब्ध गराएका हुन् । मंगलबार महानगरमा एक कार्यक्रमको आयोजना गरि प्रमुख प्रशासकिय अधिकृत अर्यालले पत्रकार महासंघका केन्द्रिय सदस्य गोविन्द चौलागाई मार्फत सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत अर्यालले जोखिम मोलेर फिल्डमा खटिदै जनतालाई सुचना उपलब्ध गराउन सक्रिय सञ्चारकर्मीलाई सम्मान स्वरुप सुरक्षा समाग्री उपलब्ध गराइएको जानकारी दिए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सञ्चारकर्मीको महत्वपुर्ण भूमिका रहेको स्मरण गर्दै आफु सञ्चारकर्मीको समस्यामा जहिले पनि सहयोग गर्न तत्पर रहने प्रतिवद्धता व्यक्त गरे । अर्यालले सञ्चारकर्मीहरु सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने र सरकारका राम्रा कार्यलाई जनता समक्ष लैजान कञ्जुस्याई गर्न नहुने बताए ।

अर्यालले लकडाउनका कारण अत्यन्तै समस्यामा परेका सञ्चारकर्मीहरुको दुखमा साथ दिन केहि खाद्यन्न समेत उपलब्ध गराइएको जानकारी दिए ।

कार्यक्रमा पत्रकार महासंघका केन्द्रिय सदस्य गोविन्द चौलागाईले महानगरले पत्रकारको सुखदुखमा साथ दिएकोमा धन्यवाद दिदै महानगरको विकास निर्माण कार्यमा सञ्चारकर्मीहरु सधै साथमा रहने बताए । कार्यक्रममा महानगरका सहसचिव राजेश्वर ज्ञवालीको समेत सहभागिता रहेको थियो ।


क्याटेगोरी : विशेष
ट्याग : #सञ्चारकर्मीलाई काठमाडौं महानगरको साथ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:31 am6:33 pm +0545