अण्डाको मूल्य घट्यो

काठमाडौँ, फागुन ९ गते । बजारमा अण्डाको मूल्य घटेको छ।
नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारबाट प्रतिक्रेट ३० देखि ३५ रूपैयाँका दरले अण्डाको मूल्य घटाएको हो।
‘हामीले बिहीबार बैठक बसेर आजबाट अण्डाको मूल्य घटाउने निर्णय गरेका थियौं,’ संघका अध्यक्ष विनोद पोखरेलले भने।
बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्।
मूल्य घटेसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रूपैयाँ पर्ने भएको छ।
यसअघि ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ थियो।
यो किसानले पाउने मूल्य हो।
उत्पादक तथा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले अहिले मूल्य घटाउन परेको उनले बताए।
‘उत्पादन धेरै भएर, किसानलाई फाइदा भएर मूल्य घटाएको होइन,’ उनले भने, ‘अस्वस्थ प्रतिस्पर्धा भएकाले मूल्य घटाउन परेको हो।’
उनले तुरून्तै अण्डाको मूल्य बढ्ने पनि जानकारी दिए।
क्याटेगोरी : समाचार
ट्याग : #अण्डाको मूल्य घट्यो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्