Techie IT
मंगलबार, वैशाख ९,२०८२

बालेनले प्रधानमन्त्रीलाई भने- नेपाली भएर बाँच्ने आधार त दिनुस्


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूलाई नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

 

शुक्रवार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले भारत, अमेरिका र चीनले हेपेको भन्दै आफूलाई मेयर हो भन्ने बिर्सेर नेपाली भएर बाँच्ने आधार दिन उनले आग्रह गरेका हुन् ।

‘प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले corrupt (भ्रष्ट) भनिसक्यो, इन्डियाले भिखारी भनिसक्यो र चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् ?’ उनले लेखेका छन् ।

 

यसअघि गए राति नै उनले स्टाटस लेख्दै बालेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कटाक्ष गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालेनले प्रधानमन्त्रीलाई भने- नेपाली भएर बाँच्ने आधार त दिनुस्


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:29 am6:34 pm +0545