Techie IT
मंगलबार, वैशाख ९,२०८२

बेलुन पड्किएको घटनामा पक्राउ परेका कमलेश हाजिरी जमानीमा छुटे


पोखरा, ९ फागुन । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन सत्रमा बेलुन पड्किएको घटनामा पक्राउ परेका भारतीय नागरिक हाजिरी जमानीमा छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले भारतीय नागरिक कमलेश कुमारलाई दैनिक हाजिरीमा छाड्न बिहीबार आदेश दिएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते हुने गरी फागुन ३ गते पड्किएको बेलुनमा अनुमति बिना हाइड्रोजन ग्यास भरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन गर्ने क्रममा उनै कमलेशले बेचेको बेलुन उडाउने क्रममा स्पार्किङ मेसिनबाट झिल्को लाग्दा विस्फोट भएको थियो । कमलेश त्यहिँ दिन पक्राउ परेका थिए ।

हाइड्रोजन ग्यास भरिएको बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल र पोखरा महानगरका मेयर आचार्य घाइते भएका थिए । उनीहरु दुवैजना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

घटनाको छानबिन गर्न प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले काम पनि थालिसकेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बेलुन पड्किएको घटनामा पक्राउ परेका कमलेश हाजिरी जमानीमा छुटे


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:29 am6:34 pm +0545