Techie IT
बुधबार, वैशाख १०,२०८२

रुपन्देहीमा ढुंगा प्रहार गरेर महिलाको हत्या, परालले छाेपेर फालिएको अवस्थामा शव फेला


रुपन्देहीमा एक महिलाको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको सियारी गाउँपालिका–२ भगदरीस्थित बेथरी सडकखण्डको किनारमा अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको बताए ।

‘टाउकोमा चोट देखिएको छ । टाउकोमा ढुङ्गा प्रहार गरी हत्या भएको हुनसक्छ’, कार्कीले भने ।

सूचना अधिकारी कार्कीले महिलाको पहिचान हुन बाँकी रहेको बताए । यस्तै, घटना बारेमा प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान सुरु गरिसकेको उनले बताए । बिहीबार विहान साढे ११ बजे परालले ढोकेको अवस्थामा शव फेला परे पछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।

रुपन्देही प्रहरीले तालिम प्राप्त कुकुर नै परिचालन गरीअनुसन्धान गरेको छ। सियारी गाउँपालिकाका प्रवक्ता दीपकबहादुर शाहीका अनुसार अनुहार नचिनेगरी मुखमा चाेट भएको र अहिलेसम्म स्थानीय भएको भए खोजी हुने भएकाले बाहिरै हत्या गरेर रातिको अवस्थामा यहाँ ल्याएर फालिएको आंकलन गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #परालले छाेपेर फालिएको अवस्थामा शव फेला, #रुपन्देहीमा ढुंगा प्रहार गरेर महिलाको हत्या


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:29 am6:34 pm +0545