काठमाडाैं महानगरपालिकाको नेतृत्वमा भइरहेको काम प्रशंसा योग्य छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिकाको नेतृत्वमा प्रशंसायोग्य काम भइरहेको बताएका छन् ।
नित्यनाथ सत्तलको पुनःनिर्माणको शिलान्यास गर्दै थापाले सम्पदा संरक्षणमा महानगरले गरेको कामको प्रशंसा गरे । उनले भने, ‘जन सरोकारका काममा यसअघि सङ्घ र प्रदेश सरकारसँग बजेट माग्नु पथ्र्यो अहिले महानगरले बजेटको अभाव महसुस हुन दिएको छैन । यो राम्रो काम हो ।’
महानगर–८, नवाली टोलमा रहेको १९औँ शताब्दीमा निर्मित सत्तल पुनःनिर्माणको महामन्त्री थापासहित, वडाध्यक्ष आशामान सङ्गत, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र वडा सदस्यहरुले एकै पटक पाँच ठाउँमा जग राखेर शिलान्यास गर्नुभएको छ । सत्तल पुनःनिर्माणका लागि करबाहेक रु दुई करोड २७ लाखमा निर्माण पक्षसँग सम्झौता भएको छ ।
तीन तले सत्तलको पहिलो तलामा पुस्तकालय हुनेछ । दोस्रो तलालाई सामाजिक कार्य तथा भोजका लागि उपयोगमा ल्याइने महानगरले जनाएको छ । तेस्रो तला अर्थात् बुइँगलमा नित्यनाथको मन्दिरस्थल रहनेछ । परम्परागत वादन तथा गायन जस्ता विषयमा शिक्षा लिन पहिले नित्यनाथको पूजा गर्नुपर्ने प्रचलन छ । यसरी गरिने पूजामध्ये आज गरिएको पूजालाई विशेष रुपमा मानिन्छ ।
विसं १९९० सालको भूकम्पले जीर्ण अवस्थामा रहेको सत्तल २०३९ सालमा सुवर्ण वैद्य वडाध्यक्ष भएका बेला ढलान गरेर पुनःनिर्माण गरिएको थियो । त्यसमा तला थप गरेर सन्ध्या पुस्तकालय सञ्चालन गरिएको थियो । वडाध्यक्ष सङ्गतले भने, ‘सांस्कृतिक सहरको पहिचान कायम गराउन परम्परागत शैलीमा सत्तलको पुनःनिर्माण गर्न लागिएको हो ।
वडाभित्रका चार वटा फल्चा विसं २०७९ यता पुनःनिर्माण भइसकेका छन् । अतिक्रमित जग्गा स्वामित्वमा लिएर वत्सलेश्वरी जात्रा सञ्चालनका लागि फल्चा निर्माण भइरहेको छ । इना गणेश मन्दिर, इँटापाखाको स्वर्ण गणेश मन्दिर, जयबागेश्वरीको महामृत्युञ्जय मन्दिर, पशुपति परिसरको नित्यनाथ मन्दिर पुनःनिर्माण सम्पन्न भइसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडाैं महानगरपालिकाको नेतृत्वमा भइरहेको काम प्रशंसा योग्य छ: गगन थापा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्