Techie IT
बुधबार, वैशाख १०,२०८२

पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित


गण्डकी, फागुन ८ गते । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् ।

पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीलाई दीक्षित गराउनुभएको हो ।

सो विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तीर्ण गरको विद्यार्थी आज दीक्षित भएका हुन् ।

पोखरा विश्वविद्यालयअन्तर्गत देशभर सञ्चालित क्याम्पसहरूबाट विभिन्न ६८ विधामा करिब ४० हजार विद्यार्थी अध्ययनरत रहेको सो विश्वविद्यालयले जनाएको छ । दीक्षान्त समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।


क्याटेगोरी : समाचार
ट्याग : #पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Haze
5:29 am6:34 pm +0545