Techie IT
बुधबार, वैशाख १०,२०८२

तारकेश्वरमा पानी बोक्ने गाडीको ठक्कर, तीन जना घाइते


तारकेश्वर । तारकेश्वर नगरपालिका वडा नम्बर ८ जरङ्खु नजिकै आज बिहान पानी बोक्ने गाडीले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्।

 

वा २० च ३५८६ नम्बरको पानी बोक्ने गाडीले प्रदेश ३-०२००४ प ६५३३ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२-००१ ब ४५७३ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका तीनै जनालाई तारकेश्वर सिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वरमा पानी बोक्ने गाडीको ठक्कर, #तीन जना घाइते


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Haze
5:29 am6:34 pm +0545