प्रकृति लम्साल मृत्यु घटना: आड्भिक श्रीवास्तवको फोन जफत, पठाइयो न्यायिक हिरासतमा

भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा पढ्ने नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा पक्राउ परेका छात्र आड्भिक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरी न्यायिक हिरासतमा पठाएको छ।
श्रीवास्तवको साथबाट प्रहरीले मोबाइल पनि बरामद गरेको छ। श्रीवास्तव प्रकृतिको साथी हुन्।
यो पनि: किन जान्छन् यति धेरै नेपाली विद्यार्थी कलिंग इन्स्टिच्युटमा पढ्न?
श्रीवास्तवलाई आत्महत्या दुरूत्साहनको कसुरमा पक्राउ गरेको भुवनेश्वरस्थित प्रहरी कमिसनरको सचिवालयले जनाएको छ।
श्रीवास्तवलाई हिरासतमा राखेर अनुसन्धान थालिसकेको प्रहरीको भनाइ छ। साथै प्रहरीले अनुसन्धानका लागि कागजात, मृतक प्रकृतिको पनि मोबाइल र ल्यापटप बरामद गरेको छ।
गत आइतबार प्रकृति मृत भेटिएकी थिइन्।
साथै कलिंग इन्स्टिच्युटका नेपाली विद्यार्थीमाथि कुटपिटमा संलग्न रहेका दुई जना सुरक्षा गार्डलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंस्थित भारतीय दूतावासले भुवनेश्वरस्थित प्रहरी कमिशनरको कार्यालयले जारी गरेको विज्ञप्ति सार्वजनिक गर्दै दुई जनालाई पक्राउ गरेको उल्लेख गरेको छ।
४५ वर्षीय रमाकान्त नायक र २५ वर्षीय जोगेन्द्र बेहेरालाई प्रहरीले पक्राउ गरेको हो।
किट प्रशासनले नेपाली विद्यार्थीहरूलाई कलिंग इन्स्टिच्युटबाट निकाल्दा सुरक्षागार्डहरूले कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो।
साथै प्रहरीले कलिंग इन्स्टिच्युटमा पढ्ने नेपालीसहित सबै विद्यार्थीहरूको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #पठाइयो न्यायिक हिरासतमा, #प्रकृति लम्साल मृत्यु घटना: आड्भिक श्रीवास्तवको फोन जफत
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्