प्रकृति लम्सालको न्यायका लागि माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं, फागुन ६ गते । भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
मङ्गलबार नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन (नेविसंघ) पब्लिक युथ कलेजले लम्सालको न्यायका लागि विरोध प्रदर्शन गरेको हो । उनीहरुले नेपाली विद्यार्थीमाथि भएको आक्रमण बन्द गर, जस्टिस फर प्रकृति लम्साललगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् ।
भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी लम्सालको रहस्यमय निधन भएपछि सोमबारदेखि विश्वविद्यालय तनावग्रस्त छ ।
नेपाली विद्यार्थीहरुलाई छात्रावासबाट निकालेपछि अवस्था झनै तनावग्रस्त बनेको थियो । तर नेपाल सरकारले भारत सरकारसँग कूटनीतिक पहल गरेर नेपाली विद्यार्थीलाई छात्रावासमै राखेर अध्ययन गराउने बारेमा सहमति भएको बताएको छ ।
लम्साल मृत्यु प्रकरणसँग सम्बन्धित एक जनालाई पक्राउ गरी अनुसन्धानअघि बढाइएको बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रकृति लम्सालको न्यायका लागि माग गर्दै काठमाडौंमा प्रदर्शन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्