कार्यपालिका बैठकमै वडाध्यक्षद्वारा शिक्षा प्रमुखमाथि हातपात, कर्मचारी आन्दोलित

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाका कार्यपालिका बैठकमै वडाध्यक्षले शिक्षा शाखा प्रमुखमाथि हातपात गरेका छन् । घटनाकाे विराेधमा सबै कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरेमाथि वडा नं २ का अध्यक्ष करम हुसेन खानले हातपात गरेकाे कर्मचारीहरुकाे भनाइ छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरुले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नहुँदासम्म काममा नफर्कने बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१/११/५ गते दिउँसो १२ः१५ बजे यस रोहिणी गाउँपालिका रुपन्देहीको कार्यालयमा कार्यपालिका बैठक सञ्चालन भइरहेको अवस्थामा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरेलाई आमन्त्रित गरी बैठकमा सहभागिता जनाउनुभएको हो । निज वडाअध्यक्ष करम हुसेन खानले बारम्बार कर्मचारीहरुलाई गालीगलौज गर्ने र शाखामा तालाबन्दी समेत गर्ने गरेको, कर्मचारीमाथि अप्रिय अपशब्द व्यक्त गर्ने र दादागिरी देखाउने कार्य गर्दै आएको अवस्था छ ।’
यस परिस्थितिमा कुनै राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्ने कार्यले अत्यन्तै मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख छ ।
‘कार्यालय समयमै कर्मचारीहरुमाथि आक्रमण हुनु अत्यन्तै खेदजनक कार्य हो, सम्पूर्ण गाउँपालिकाका कर्मचारीहरु यस निदनीय कार्यको घोर भत्र्सना गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।
कर्मचारीहरुले घटनाको दोषीउपर कडा कारवाही गरी गाउँपालिकामा भयरहित र स्वतन्त्र ढंगले कार्यालयका कामहरु सञ्चालन गर्ने वातावरण नबनेसम्म गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको जनाएका छन् । ‘यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं’, विज्ञप्तीमा उल्लेख छ ।
तर वडाध्यक्ष हुसेनले शिक्षा समितिका विषयमा कुरा उठेपछि सामान्य धकेलाधकेल भएको दावी गरे ।
‘सामान्य घटना हो, मेयरको दवावमा बढी चर्चा गराइएको हो । केही बढी बोलियो होला तर पहिले उहाँले बोतल उठाएपछि मैले थकेलेको हो । सबै सिसिटिभीमा हेर्न सकिन्छ नि’ उनले भने ।
हुसेनले थपे, ‘शिक्षा समितिको म्याद सकिए पनि गठनको लागि बोलाउनुभएन । आफैं गठन गर्नुभएको रहेछ । छ महिनादेखि कार्यपालिका बैठक बसेन । आज बसेको थियो । बैठकमा पालिका अध्यक्षले शिक्षा समितिमा कुरा उठाउनुभयो । तर मैले शिक्षा समितिमा भएको अनियमितताबारे कुरा उठाएको हुँ । बिद्यालय निरिक्षकले ममाथि आरोप लगाउनु भएर विवाद बढेको हो,’ उनले भने ।
उनले घिमिरेले मधु घिमिरे पालिकामा आएपछि शिक्षा क्षेत्रमा अनियमितता बढेको र आफूहरुले यस विषयमा प्रष्ट नहुँदासम्म आफूहरुले पनि शिक्षा समितिमा तालाबन्दी गरिएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कर्मचारी आन्दोलित, #कार्यपालिका बैठकमै वडाध्यक्षद्वारा शिक्षा प्रमुखमाथि हातपात
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्