Techie IT
बिहीबार, माघ २४,२०८१

चितवनमा रविको थुनछेक बहस सकियो


काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा दायर मुद्दाको थुनछेक बहस सकिएको छ ।

 

साहारा सहकारी चितवनको रकम ठगी प्रकरणमा चितवन अदालतमा रविसहित १५ जना र ६ संस्थाविरुद्ध चितवनमा मुद्दा दायर गरिएको थियो । न्यायाधीश दयाराम ढकालको इजलासमा उनको बयान तथा थुनछेक बहस भएको हो ।

रवि हिजै बयानका लागि अदालत हाजिर भएका थिए ।

 

रविका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, जगन्नाथ पौडेलसहितका वकिलले बहस गरेका थिए ।

अब अदालतले साधारण तारेख वा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलानमध्ये एक आदेश दिनेछ ।

यसअघि रवि सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा छुटेका थिए ।

प्रहरीले पठाएको पहिलो प्रतिवेदनमा थप अनुसन्धान गर्नुपर्ने भन्दै सरकारी वकिल कार्यालयले फाइल फिर्ता गरेको थियो ।

पुरक निवेदनसहित साहारा सहकारीको ४३ लाख ९४ हजार ६ सय ३१ रूपैयाँ फिर्ता पाउनुपर्ने मागदाबी प्रहरीको छ । भने कम्पनीक‍ो हकमा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो जनाइएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चितवनमा रविको थुनछेक बहस सकियो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:46 am5:49 pm +0545