Techie IT
बिहीबार, माघ २४,२०८१

सानदार मःम: सेन्टरमा ग्याँस सिलिन्डर विस्फोट, ११ जना घाइते


काठमाडौँ, माघ २४ गते । काठमाडौँको कमलपोखरी स्थित सानदार मःमः सेन्टरमा आज बिहान पौने ९ बजे ग्याँस सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।

भान्सा कोठामा रहेको सिलिन्डर विस्फोट हुँदा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेहरूलाई कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । ग्याँस सिलिन्डर  के कारणले पड्किएको भन्ने अनुसन्धान सुरु गरिएको उहाँको बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #११ जना घाइते, #breaking, #सानदार मःम: सेन्टरमा ग्याँस सिलिन्डर विस्फोट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
6:46 am5:49 pm +0545