प्रदेशसभा अधिवेशन आह्वान
लेखनाथ, माघ ११ गते । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते दिउँसो २ बजेबाट सुरु हुने भएको छ । गण्डकीका प्रदेश प्रमुख डिल्लाराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम शुक्रबार प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।
मङ्गलबारको मन्त्रिपरिषद् बैठकले माघ २१ गतेबाट हिउँदे अधिवेशन बोलाउने निर्णय गरी प्रदेश प्रमुख कार्यालयलाई पत्रचार गरेको थियो । अहिले गण्डकी प्रदेशसभाका विषयगत समितिहरुमा तीन विधेयक छलफलका क्रममा छन् ।
प्रदेश सभामा उपसचिव प्रेम सुवेदीले “गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक”, “गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” र “जिवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” छलफलका क्रममा रहेको जानकारी दिनुभयो । प्रदेश सभाको बर्खे अधिवेशन असोज ७ गते अन्त्य भएको थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #प्रदेशसभा अधिवेशन आह्वान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्