Techie IT
शुक्रबार, माघ ११,२०८१

स्वास्थ्य क्षेत्रमा धेरै विकास भएकाे छ तर पूर्ण छैन : स्वास्थ्यमन्त्री पौडेल


धरान, माघ ११ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको छ तर पूर्ण नभएको बताउनुभयो । धरान उपमहानगरपालिकामा रहेको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बनिएको नवनिर्मित जलेको घाउ उपचार गर्ने इकाई, क्यान्सर उपचार ईकाई र फार्मेसि भवनको उद्धघाटन गर्ने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।

यो अपूर्णतालाई अन्त्य गर्नका लागी प्रभावकारी सेवा उपलब्ध गराउने गरी उपचारलाई अगाडी बढाउनुपर्छ जसमा सस्तो, सर्वसुलभ र विपन्न नसक्ने वर्गलाई निःशुल्क उपचार हुनुपर्ने बताउनुभयो । त्यो सेवा उपलब्ध गराउने पहिलो अस्पताल विपि अस्पताल हुनुपर्ने समेत स्वास्थ्यमन्त्री पौडेल बताउनुभयो।

सरकारी प्रतिष्ठान भएकोले कुनै पनि औषधी छैन भन्नु गैरकानुनी भएकोले सबै औषधी राख्न जरुरी रहेको स्वास्थ्यमन्त्री पौडेल बताउनुभयो । जति धेरै औषधि राखियो त्यति धेरै सेवा हुने उहाँले बताउनुभयो ।

फार्मेसीले मात्र औषधी बेच्न पाउने रहेकोले फार्मेसीले अब सबै प्रकारको औषधी राख्नुपर्ने बताउँदै आम नागरिकलालई लक्षित गरी फार्मेसी सञ्चालन गर्न आग्रह गर्दै औषधीको लिष्ट सुचिकृत सहितको बोर्ड पनि बाहिर टाँसन जरुरी रहेको स्वास्थ्यमन्त्री पौडेल बताउनुभयो ।

किमो दिन पनि काठमाडौं, चितवन जानुपर्ने अवस्था रहेकोले आमनागरिकको सेवाको लागी सातै प्रदेशमा क्यान्सर उपचार विस्तार गर्ने कार्यक्रम राखेकोमा धनगढी, भेरी, सुर्खेत लगायत सबै प्रदेशमा सुरु भएको छ भने विपी अस्पतालमा समेत प्रभावकारी रुपमा उपचार गर्न शुरु गरिएको उहाँले बताउनुभयो ।

नेपालको आठ अस्पतालमा जलनको उपचार गर्न विपन्न वर्गलाई निःशुल्क दिने निर्णय गरी लागु गरिएको बताउनुभयो । काठमाडौंको विर अस्पताल, किर्तिपुर, अस्पताल लगायत विपी अस्पतालमा समेत आजबाट शुरु गरिएको स्वास्थ्यमन्त्री पौडेल बताउनुभयो ।

यस अस्पतालले धेरै मानिसहरुलाई सेवा दिई रहेकोमा अझै तिन प्रकारको सेवा दिनलाई सुरु गरेकोमा खुशि व्यक्त समेत गर्नुभयो । अस्पतालले यस क्षेत्रको बिरामीहरुलाई मात्र नभएर यस क्षेत्र बाहेक अन्य क्षेत्रका मानिसहरुले पनि सुविधा पाउने उहाँले बताउनुभयो ।

उपचार गर्ने मान्छेले प्रेसरमा काम गर्न नसक्ने भएकोले चिकित्सकहरुलाई डरत्रासभय रहित कानुनि व्यवस्था गरी र चिकित्सकहरुलाई सम्मान गर्न जरुरी रहेको बताउनुभयो ।

तीन वर्ष अगाडी प्रतिष्ठानकै आन्तरिक श्रोतबाट निर्माण गर्न सुरु गरीएको भए पनि कोभिडको महामारीको कारण समयमा निर्माण गर्न नसकिएको विपी प्रतिष्ठानको उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरिले बताउनुभयो । यस भवनलाई परिमार्जन गर्न र जलनको विमारी र क्यान्सरको बिमारीको लागि उपचार गर्नको लागी पनि राम्रो गराउनको लागी अलि ढिला भए पनि ४ वर्ष देखि उपचार दिँदै आएको बताउनुभयो ।

हाल पहिलो तल्लामा फार्मेसी सेवा, दोस्रो तल्लामा क्यान्सरको उपचार र तेस्रो तल्लामा जलनको उपचारको डिपार्ट छुटाएको उपकुलपति गिरिले बताउनुभयो । हाल जलनको उपचारको लागी २० वटा बेड र आईसियुको लागी १० वटा बेड तयार भएको उहाँले बताउनुभयो । पुर्ण रुपमा उपचार सेवा शुरु गरेपछि यो डिपार्टहरु छुटिन्ने उपकुलपति गिरिले बताउनुभयो ।

विपी अस्पताल पुर्वको नमुना अस्पताल र सबैभन्दा धेरै उपचार हुने अस्पताल रहेको धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राईले बताउनुभयो । यस अस्पतालमा स्वास्थ्य सामग्रीदेखि मेशिनरी समानहरु, एमआरआई मेशिन लगायतका बिग्रेका मेशिनहरु बनाउन वा खरिद गर्नमा समेत सरकारले ध्यान दिनु पर्ने उहाँले बताउनुभयो ।

चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको मापदण्ड अनुसार यस अस्पतालमा धेरै विद्यार्थी पढाउन सकिने भएकोले यसको लागी पनि विद्यार्थी कोटा थप्न जरुरी रहेको बताउनुभयो । बिमा वापत उपचार गराउँदा सर्वसाधरणलाई सहज भए पनि विमा बोर्डले समयमा भुक्तान गर्दा ढिलाई गर्दा विपी अस्पताललाई संचालन गर्न गाह्रो भएकोले यसको लागि सरकारले सहज गर्दिनुपर्ने समेत नगर प्रमुख राईले बताउनुभयो ।

उद्धघाटन कार्यक्रममा उपप्रमुख आईन्द्र विक्रम बेघा, विपी अस्पतालका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, लगायत विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन् : स्वास्थ्यमन्त्री


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545