कबाड व्यवसायीहरूलाई काठमाडौं महानगरले गरेको दमन निन्दनीय : जसपा नेपाल
काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरूलाई कुटपिट, गालीगलौज, दमन, उत्पीडन र अभद्र व्यवहार गरेकोप्रति आपत्ति जनाएको छ ।
जसपाका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्र्दै कवाड व्यवसायीहरूको सुरक्षाको साथै स्वतन्त्र रूपले आ–आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने मौलिक अधिकारको सरकारले प्रत्याभूति गराउनु पर्ने बताए ।
विज्ञप्तिमा भनिएको छ, सरकारको अनुमति प्राप्त गरी काठमाडौं महानगरपालिकामा २५ वर्षदेखि कवाड व्यवसाय सञ्चालन गर्दै आएका र सरकारलाई तिर्नुपर्ने सम्पूर्ण करहरूसमेत तिर्दै १ लाख भन्दा बढी व्यक्तिहरूले रोजगारी समेत पाएको अवस्था छ ।
देशमा सञ्चालित उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ उपलब्ध गराउनुको साथै वातावरणीय सरसफाइमा समेत महत्वपूर्ण योगदान गरिरहेको अवस्थामा हाल आएर काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरूलाई कुटपिट, गालीगलौज, दमन, उत्पीडन र अभद्र व्यवहार गरी कवाड व्यवसायलाई रोक्न खोज्नु र लाखौ व्यक्तिहरूलाई बेरोजगार बनाउने प्रयास गर्नु अत्यन्त पूर्वाग्रही, गलत र निन्दनीय कार्य भएको विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कबाड व्यवसायीहरूलाई काठमाडौं महानगरले गरेको दमन निन्दनीय : जसपा नेपाल
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ७यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्