Techie IT
बुधबार, माघ ९,२०८१

उजुरी अध्ययनका लागि लेखा समितिले बनायो समिति


काठमाडौं, माघ ८ गते । लेखा समितिले उजुरी अध्ययनका लागि समिति गठन गरेको छ । समितिले नेपाली कांग्रेस सांसद सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरिएको हो ।

मङ्गलबार बसेको सार्वजनिक लेखा समितिले समिति बैठकले सात सदस्यीय समिति गठन गरेको समिति सभापति ऋषिकेश पोखरेलले बताउनुभयो । उहाँले सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय समितिको उजुरी अध्ययन समिति गठन गरिएको जानकारी दिनुभयो । उहाँले समितिमा सांसदहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाण, प्रेम आले र अमरेशकुमार सिंह सदस्य रहने बताउनुभयो ।

लेखा समितिमा एक सयभन्दा बढी उजुरी परेका छन् । सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाउने निर्णय भएको बताउनुभयो । उहाँले मन्त्री भण्डारी र सचिवलाई छलफलका लागि बुधबार बिहान ११ बजेका लागि बोलाउने जानकारी दिनुभयो ।।


क्याटेगोरी : समाचार
ट्याग : #उजुरी अध्ययनका लागि लेखा समितिले बनायो समिति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mist
6:53 am5:37 pm +0545