Techie IT
बुधबार, माघ २३,२०८१

सेक्स के हो ? सेक्स को लत रोग हो ?


विशेषज्ञ र मनोवैज्ञानिक चिकित्सकहरुले यौन इच्छा तीव्र हुने कारणले हिंसा हुन्छ भन्ने कुरा साँचो नभएको बताएका छन् ।

‘सेक्स’ लतको लक्षण ?
मानिसका अन्य लत जस्तै सेक्सको लत पनि एक हो । यसले मानव मष्तिष्कमा हाबी भएको हुन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार स्वास्थ्यकर जीवनका लागि यौन पनि आवश्यक हुन्छ । तर आवश्यकताभन्दा बढी यसमा चासो दिनु शारीरिक र मानसिक स्वास्थयका लागि बेफाइदा हुन्छ ।

यौनको लत लागेका व्यक्तिहरु जुनसुकै समयमा पनि यौनकै बारेमा सोचेर बस्ने गर्छन् । यस्ता व्यक्तिहरु कुनै न कुनै तरिकाले यौनजन्य क्रियाकलापमा नै लागिरहन्छन् । यति मात्र होइन यौनकै लागि आफ्नो व्यक्तिगत र व्यवसायिक जीवनमा समेत क्षति पुर्याउँछन् ।

जो व्यक्तिमा यौनको लत लागेका व्यक्तिहरु दुईभन्दा बढी सम्बन्धमा रहने गर्छन् । यस्ता व्यक्तिहरु आफ्ना पार्टनरसँग कुनै पनि भावनात्मक रुपमा लगाव राख्दैनन् । कोही सेक्सको लत लागेका व्यक्तिहरु नियमित रुपमा व्यवसायिक रुपमा यौन कार्यमा संलग्नहरुकोमा जाने गर्छन् । साथै, साइबर सेक्स र पोर्नोग्राफीमा पनि लिप्त रहनेगर्छन् । यस्ता व्यक्तिहरु असुरक्षित सम्बन्धको खतरा पनि उठाउने गर्छन्  । यस्ता व्यक्तिहरुलाई भावनात्म सन्तुष्टि मिल्दैन । र, यौनसम्बन्धपछि अपराधबोध गर्छन् ।

 यसको कारण ?

यो लत लाग्नुको पछाडि कुनै पनि वैज्ञानिक कारण भने छैन । तर, थुप्रै प्रकारका मानसिक स्थितीहरु भने यो लत लाग्नुमा जिम्मेवार हुन्छन् । जस्तै, डिप्रेशन, एक्लोपन जस्ता कुराहरुले यौनजन्य बानीव्यवहार गर्नतर्फ उद्यत रहन्छन् ।


क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #सेक्स के हो ? सेक्स को लत रोग हो ?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545