खानामा समावेश गर्नुहोस्,सेक्स ड्राइभलाई उत्कृष्ट बनाउने यी फल

केही मानिसहरु आफ्नो सेक्स ड्राइभ बढाउनका लागि विभिन्न प्रकारका तरिका अपनाउने गर्छन् तर हरेक पटक यो सम्भव हुन सक्दैन ।
आउनुहोस् त्यस्ता फलबारे जानकारी लिऔं जसले यौन शक्ति बढाउछः
अनारः
अनार धेरैलाई मनपर्ने फल हो । यो फल हरेक प्रकारको पोषक तत्वले भरिपूर्ण हुन्छ । हुन त अनार हिमोग्लोबिन बढाउन र रक्त सञ्चारलाई सुधार्नका लागि पनि परिचित छ तर शोधका अनुसार यो इरेक्टाइल डिसफंक्सनको उपचारमा पनि फाइदाजनक छ । शोधमा एक गिलास अनारको जून पिउने पुरुषले सेक्स ड्राइभको मामिलामा उत्कृष्ट अनुभव गरे । यसमा पाइने एन्टीअक्सिडेन्ट पुरुषका लागि फाइदाजनक छ ।
भोगटेः
सिट्रस फलमा भोगटे सबैभन्दा बढी फाइदाजनक छ । यसमा पाइने विभिन्न तत्वले औषधीको काम गर्छ । भियाग्रामा पाइने सिल्डेनाफिल इनग्रेडियन्ट पुरुषको शरीरमा निकै सजिलै अवशोषित हुँदैन । तर यदि योसँग भोगटे पनि खाइन्छ भने यसको उत्कृष्ट परिणाम पाइन्छ । भोगटे खाँदा सिल्डेनाफिल जिकै सजिलै रगतमा मिल्ने गर्छ ।
किवीः
किवीमा सुन्तलाभन्दा बढी भिटामिन सी हुन्छ । यसबाहेक यसमा भिटामिन इ र सेरोटोनिन पनि भरपुर मात्रामा पाइन्छ । एक शोधका अनुसार किवी इरेक्टाइल डिस्फंक्सनको उपचारमा प्रयोग हुने टाडालाफिलले औषधीको नकारात्मक प्रभावलाई कम गर्छ । किवी प्रतिरोधी क्षमता बढाउन पनि निकै फाइदाजनक छ ।
केराः
केरा एउटा यस्तो फल हो जुन निकै सजिलै उपलब्ध हुन्छ । भिटामिन बीले भरपुर यो फलले स्ट्यामिना बढाउने काम गर्छ । केरा खाँदा यौन क्षमता उत्कृष्ट हुनुका साथै यसले तनाव पनि कम गर्छ । केरामा पाइने पोटासियमले सेक्स हर्मोन बढाउने काम गर्छ ।
स्याउः
एक शोधका अनुसार स्याउ यौन इच्छा बढाउनमा पनि निकै फाइदाजनक छ । यसमा पाइने पोलिफेनल्स र एन्टीअक्सिडेन्ट्सले रक्तसञ्चारलाई बढाउँछ जसका कारण यौन क्षमता उत्कृष्ट हुन्छ । स्याउले शरीरमा फिटेस्ट्रोजेन सेक्स हर्मोनलाई बढाउने काम गर्छ ।
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #खानामा समावेश गर्नुहोस्, #सेक्स ड्राइभलाई उत्कृष्ट बनाउने यी फल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्