नागार्जुन नगरपालीकाद्धारा अखाध्य बस्तु बेच्ने पसलेको इजाजत पत्र रद्ध

नागार्जुन नगरपालीका भित्रका सबै खानेपानी उपभोक्ता समितीहरुलाइ खानेपानी शुल्क नलिन नगरपालीकाले निर्देशन दिएको छनागार्जुन नगरपालीका भित्र रहेका खानेपानी उपभोक्ता समितीहरुलाइ उपभोक्ताहरुलाइ राहत स्वरुप खानेपानी शुल्क मिनाह गर्ने निर्णय भएको हो ।
नेपाल सरकारबाट लकडाउन घोषणा गरेको अवधीमा हाल २०७६ चैत्र र २०७७ बैशाख महिना सम्म खानेपानी उपभोक्ताहरुलाइ निशुल्क गर्ने निर्णय कार्यन्वयनको अनुगमन गर्न सम्बन्धित वडालाइ निर्देशन दिएको जानकारी नागार्जुन नगरपालीकाका प्रशासन तथा योजना उपशाखा प्रमुख नारायण प्रसाद तिमील्सीनाले जानकारी दिएका छन।
साथै आज बसेको बैठकले नागार्जुन नगरपालीका वडा नं ४ बाट राहत बितरण गर्ने क्रममा न्यू बि के स्टोरबाट आएको खाद्दान्न लगायत राहत सामगी्र म्याद सकिएको अखाध्य सामान बिक्री बितरण गरेको हुदा नागार्जुन नगरपालीका बाट उक्त आपूर्तीकर्ताको ब्यावसय दर्ता प्रमाण पत्र निलम्बन गरिएको र अर्को निर्णय नभए सम्मकालागी ब्यावसाय गर्न रोक लगाएको छ।
नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा बसेको नगरकार्यपालीकाको सर्वसम्मत बैठकले सो निर्णय गरेको थियो ।फोटो सौजन्य :नागार्जुन पोस्ट
क्याटेगोरी : समाचार
ट्याग : #नागार्जुन नगरपालीका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्