नुवाकोटमा निर्वाचनमार्फत माओवादी केन्द्रको नेतृत्व चयन
नुवाकोट । नेकपा माओवादी केन्द्रले नुवाकोटको बेलकोटगढी नगर समितिको नेतृत्व चयन निर्वाचनमार्फत गरेको छ । सर्वसम्मतको प्रयास सफल नभएपछि पहिलो पटक निर्वाचनबाट नेतृत्व चयन गरिएको हो ।
बेलकोटगढी नगर कमिटीको तेस्रो सम्मेलन गत पुस २५ मा सकिए पनि विवादका कारण पदाधिकारी चयन हुन सकेको थिएन । निर्वाचनबाट गोकर्ण न्यौपाने नगर समिति अध्यक्षमा निर्वाचित भए ।
कुल ५४ मत खसेकामा न्यौपानेले २८ र उनका प्रतिस्पर्धी मनराज गुरुङले २६ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
न्यौपानेविरुद्ध माओवादी पोलिटव्युरो सदस्य एवं सांसद् हितबहादुर तामाङ, अर्की सांसद एवं केन्द्रीय सदस्य विमला सुवेदी, बागमती प्रदेशसभा सदस्य राधिका तामाङ र बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर तामाङ खुलेरै लागेका थिए । जिल्ला इन्चार्ज हिरानाथ खतिवडाले भने न्यौपानेलाई सघाएका थिए ।
अध्यक्ष न्यौपानेले आफूहरुले लामो समयदेखि माथिबाट तोक्ने विधि तोडेर आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनुपर्ने पक्षमा वकालत गर्दै आएकामा यस पटक त्यो प्रयोग भएको बताए । उनले निर्वाचनमा पार्टी सत्ता र राजकीय सत्ताको दुरुपयोग भएको आरोप लगाए ।
उनलेभने, ‘मैले जितेको भन्दा पनि प्रतिस्पर्धाबाट नेतृत्व चुन्नुपर्छ भन्ने मान्यताको जितको रुपमा लिएको छु। भूईं मान्छे भर्सेस पार्टी सत्ता र राजकीय सत्ता जस्तो भयो, रमाइलै लागेको छ ।’
यस्तै उपाध्यक्षहरुमा पनि न्यौपाने प्यानलकै हरि बजगाईं, तेजप्रसाद मुडभरी र मिलन लामा निर्वाचित भए । सचिव, सह–सचिव, कोषाध्यक्ष र ५५ सदस्यीय नगर समिति भने सर्वसम्मत चयन भएको थियो ।
पदाधिकारी निर्वाचनमा नगर समिति सदस्यहरु मतदाता थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #नुवाकोटमा निर्वाचनमार्फत माओवादी केन्द्रको नेतृत्व चयन
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
तपाईको कमेन्ट लेख्नुहोस्