Techie IT
बुधबार, माघ २३,२०८१

प्रचण्डलाई गोकुलको प्रश्न- सत्ता खुस्केको झोंक सिस्टममाथि नै पोख्न मिल्छ ?


काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सत्ताबाट हट्नुपर्दाको झोंक सिस्टममाथि मिल्छ ? भन्दै प्रश्न गरेका छन् ।

हिजो चितवन पुगेका प्रचण्डले एमाले अध्यक्ष ओली नेतृत्वको सरकार यही ढंगले चले देशमा राजनीतिक दुर्घटना हुनसक्ने बताएपछि नेता बास्कोटाले प्रश्न उठाएका हुन् ।

‘कमरेड सुप्रिमोले सरकारमात्र नभै सिस्टम नै खतरामा परेको ऐलान फिस्सै नमानी पिट्दिन भ्याएछन् । बढेमान नेताले सत्ता खुस्केको झोंक सिस्टममाथि नै पोख्न मिल्छ र भन्या ? कि उनको लाइन पनि भुटान भ्रमण प्रभावी हो ?’ उनले प्रश्न गर्दै भने, ‘प्रमाण त छैन तर शंकाको सुविधा पाइयो । सजिलै गणतन्त्र खतरामा ? आउँछ के र को ? जवाफ खै ?’

उनले प्रचण्डलाई यति सजिलै व्यवस्थामा खतरा आउँछ ? भन्दै सोधेका पनि छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #प्रचण्डलाई गोकुलको प्रश्न- सत्ता खुस्केको झोंक सिस्टममाथि नै पोख्न मिल्छ ?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545